नेकपा सचिवालय बैठक बस्दै, एमसीसी र बजेट आजको अजेण्डा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार २०:४५:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-pic_CEAvFyuk63.jpg)
२६ जेठ, काठमाडौं । निर्विकल्प बनाइएको लकडाउन जनस्तरबाट अवज्ञा सुुरु भएसँगै राजनीतिक गतिविधिसमेत चलायमान हुन थालेको छ । सत्ताधारी दल मात्र नभई प्रतिपक्षी दलसमेतको सकृयता बढ्न थालेकोछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत साँझ ४ बजेकै लागि केन्द्रीय कार्य समिति बैठक बोलाएकोछ । मधेश केन्द्रित दुुई दल मिलेर बनेको समाजवादी राष्ट्रिय जनता दल हिजै मात्र निर्वाचन आयोगमा दर्ता भएको छ ।
ओली सरकारले लकडाउनलाई लम्ब्याएर सत्ताको खेती गरेको आरोप सबैतिरबाट बढेको अवस्थामा जनस्तरबाटै अवज्ञाको क्रम तीब्र भएपछि नाक जोगाउने विभिन्न वहाना गरिंदैछ । तर सरकारले लकडाउनको विकल्पमा केही निर्णय गर्न सकेकोछैन । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारी तहबाट बनेका विभिन्न समिति र संयन्त्रले तयार गरेको मोडालिटी नै आपसमा बाझिने खालको भएकाले कुनै निर्णयमा पुग्न सकेको छैन । तर नागरिक भने अब सरकारको निर्णय कुुर्न तयार भएनन् । त्यसैले देशका धेरै स्थानमा अहिले पसल र सवारी साधन निर्वाध गुुुड्न थालेकाछन् । जसले गर्दा जनजीवन सामान्यतर्फ उन्मुुख भएको देखिन्छ ।
तर आज साँझ बस्ने नेकपा सचिवलय बैठक र नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अहिलेका जल्दाबल्दा बिषयमा ठोस धारणा बनाउने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी ओलीसँग अन्य शीर्ष नेताको असमझदारी चुलिएका बेला हुन लागेको यो बैठकले या त विश्वासको वातावरण बनाउने छ, वा अझै तिक्तता थप्नेछ । ओली सरकारले संसद्मा पेश गरेको आगामी आर्थिक बर्षको बजेट र अमेरिकी सहयोग अन्तर्गत सञ्चालनको तयारीमा रहेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबारे टुुंगो लगाउनुु नेकपा सचिबालय बैठकको मूूलभूूत कार्यादेश हो ।
यही विषयमा ठोस धारणा बनाउने उद्येश्यले नै आजको सचिबालय बैठक बस्न लागेको नेकपा निकट नेताहरु बताउँछन् । नेकपा भित्र धेरै मुुद्धामा प्रधानमन्त्री ओली र अन्य नेताहरुबीच फरक धारणा रहेको पाइन्छ । एमसीसीका सन्दर्भमासमेत ओली र अन्य नेताको अवधारणा फरक छ – एक नेताले भने ओली यथास्थितिमा पारित गराउन चाहन्छन् ,जबकी अन्य नेता भने परिमार्जन बिना कुुनै हालतमा पारित गर्न नसकिने अडानमा छन् । एमसीसीबारे ठोस निर्णयमा पुुग्नै पर्ने दबाब रहेको स्मरण गर्दै ती नेता भन्छन्– असार १५ भित्र यसको टुुंगो लगाउनै पर्ने वाध्यता छ ।
आजको बैठकले कस्तो निर्णय गर्छ एमसीसीको भविष्य त्यसैमा निर्भर गर्ने पनि उनले बताए । प्रधानमन्त्री निकट स्रोत भन्छ– एमसीसीबारे अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डसमेत सकारात्मक रहेकाले पारित हुने संभावना प्रबल छ ।
आज कम्रेड प्रचण्डले एमसीसीबारे आफ्नो धारणा राख्ने र सहजीकरण हुने बुुझिएको छ । वालुवाटार निकट स्रोत भन्छ– यसबारे दुुई अध्यक्षबीच सहमति भएरै आजको सचिबालय बैठक राखिएको हो ।
प्रधानमन्त्री ओलीले यो मुुद्धालाई सल्टाउन उपाध्यक्ष बामदेव गौतमसँग पनि बेग्लै कुरा गरेको बताइएको छ । गौतम पनि सकारात्मक भएकाले एमसीसी पारित हुने वातावरण बन्नेमा ओली ढुुक्क छन् । प्रचण्ड र गौतमले धेरै पृष्ठभूूमि जोडेर एकपटकलाई एमसीसी पारित गर्ने तर यसबारे यथासमयमा सम्बन्धित पक्षसँग कुरा गर्न सर्त राखिने गरी प्रस्तुुती दिने बुुझिएकोछ ।
साथै, बजेटमा समेत छलफल केन्द्रित हुने बुुझिएको छ । खासगरी अर्थमन्त्री डा. खतिवडाले पार्टी घोषणापत्र विपरित विद्युुतीय सवारीमाथि चर्काे कर लगाएको र निकट व्यापारिक घरानाको स्वार्थमा चकलेटमा कर घटाएको एवं मदिराजन्य उत्पादनका कर नबढाएको विषयमा छलफल हुने बुझिएकोछ । त्यही भएकाले आजको बैठकमा पनि यसअघि जस्तै भीम रावल, प्रदीप ज्ञवाली र डा. खतिवडालाई आमन्त्रण गरिने बताइएको छ । यसबारे आज ठोस धारणा बन्ने विश्वास व्यक्त गर्दै ती नेताले भने – चालुु संसद्को अधिवेशन चाँडो टुुंग्याउने गरी दुुबै विषयले निकास पाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
प्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार