मोरङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
जेठ २६, २०७७ सोमबार २२:५:२५
२६ जेठ, विराटनगर । मोरङमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई र दुईजना र धनपालथान गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ चार गते आएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण देखिएको छ ।
भारतबाट आएका तीन पुरुष, एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको गाउँपालिका सिनियर अहेब ऋषिराज सेठले बताए ।
त्यस्तै रतुवामाई नगरपालिकामा थप दुईजनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सोमबार नयाँ संक्रमितका बारेमा आधिकारिक जानकारी आएको बताए ।
उनले आइतबार बेलुका दुई जनामा संक्रमण देखिएको जानकारी दिए । सोमबार ९ जना थप भएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार