चौरजहारी घटनाको छानबिन गर्न संसदीय समिति गठन
नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार ०:४४:४
२६ जेठ, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय छानविन समिति गठन गरिएको हाे।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सांसद पौडेलको नेतृत्वमा सर्वदलीय छानविन समिति गठन गरेका हुन्।छानविन समितिको सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिशुंखे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव छन्।
उक्त समितिलाई घटना छानविन गर्न एक महिनाको समय दिइएको सभामुख सापकोटाले सदनलाई जानकारी गराएका छन्। गत जेठ १० गते आफ्नी प्रेमीकाको घर गएका नवराज विक र उनका पाँच जना साथीको मृत्यु भएको थियो।
गाउँलेहरूको आक्रमणबाट उनीहरूको मृत्यु भएको आरोप छ। घटनाबारे गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
कीभस्थित अमेरिकी दूतावास अस्थायी रुपमा बन्द
मंसिर ५, २०८१ बुधबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार