धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण

नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार २:४५:५५

२६ जेठ भरतपुर । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गरेका छन् ।
महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको रु सात करोड १४ लाख ५६ हजार ६८४ को चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । प्रदेश र स्थानीय तहले घोषणा गरेको रु ५१ करोड ९२ लाख ६५ हजार २६३ उठ्न बाँकी छ । महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट रु १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।
यस्तै प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले रु दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए ।प्रदेश सरकारले प्रदान गर्ने रु ३० करोड बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए । उनले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पु¥याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिए ।
कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गरे । उनले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार
शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि छिटो आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान
फागुन १३, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार