दुई दर्जन होटेल क्वारेन्टाइन बनाउन तयार : नेगेटिभ मात्र राख्न माग

नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार ३:४०:१४

२६ जेठ, चिप्लेढुङ्गा । विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टाइनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ ‘हान’ पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । पोखराका दुई दर्जन होटलको नाम क्वारेन्टाइन लागी स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई आज बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
उक्त पत्रमा पाहुना आउनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटेलमा राख्ने व्यवस्था गरिनुपर्ने तथा तिनको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने माग पनि गरिएको छ । होटलको नामावली हानबाट प्रदान गरिए तापनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरे छनोट गर्नुपर्ने जनाइएको छ । यसैगरी सरकारले क्वारेन्टाइन प्रयोग हुने होटलमा स्थानीय बासिन्दाबाट आउन सक्ने अवरोध सौहार्दपूर्ण वातावरणमा हटाउनुपर्ने र स्थानीयस्तरमा फैलन सक्ने संक्रमणको जिम्मा लिनुपर्ने विषयलाई समेटिएको छ ।
हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वारेन्टाइनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।
कुनै एक होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्नाका साथै भुक्तानीको अवस्थाका बारेमा अग्रिम जानकारी हुनुपर्ने हानले जनाएको छ । होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्ने तथा पाहुना अनुशासित र सुरक्षित तवरमा रहनका लागि कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनुपर्ने माग पनि हानले गरेको छ ।
होटललाई क्वारेन्टाइन बनाइसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार पूर्णरुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय सञ्चालन गर्न स्वास्थ्य कार्यालय, महानगर वा पर्यटन विभागबाट निर्मलीकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनुपर्ने माग हानको छ । क्वारेन्टाइनका रुपमा प्रयोग गर्दा कोठादर प्रतिव्यक्तिका लागि रु दुई हजारदेखि रु १२ हजार र दुई जनाका लागि रु तीन हजारदेखि रु १४ हजार प्रस्ताव गरिएको छ ।
विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल युरोप, अष्ट्रेलिया र अमेरिका महादेश तथा एशियाका जापान, चीन, मलेसिया, दक्षिण कोरिया, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्ति आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेकाले होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार