चार पीसीआर मेसिनसहित ५० हजार भीटीएम खरिद गरिने
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १४:३:१८
२७ जेठ, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।
निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब ‘सेटअप’ गर्ने एक गरी चार पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले परीक्षण तथा उपचारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।
यसका साथै समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । परीक्षणमा प्रयोग हुने रिएजेन्टलगायतका सामग्रीसमेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेशको प्रवेशविन्दुमा नेपाली सेनाले ‘होल्डिङ एरिया’ बनाई व्यवस्थापन गर्ने र काठमाडौँबाट तोकिएको क्वारेन्टाइन सम्म पुग्दाको खाना, खाजालगायतका खर्च प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई दिएको छ ।
लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णयसमेत गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार