चन्द्रागिरिमा प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिने
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १४:१२:३३
२७ जेठ काठमाडौं । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीका लागि प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने भएको छ । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण दर नेपालमा समेत बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको नगरपालिकाले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विद्यार्थीलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए । अनलाइन कक्षा सञ्चालनबारे नगरपालिकाको शिक्षा शाखाको बैठकसमेत बसेर छलफल भइरहेको छ ।
“शिक्षा मन्त्रालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्नेबारे सबै स्थानीय तहसँग राय मागिरेहेको बेलामा हाम्रो नगरपालिकाले पनि रेडियो, टेलिभिजन, अनलाइन र सामाजिक सञ्जालमार्फत कक्षा सञ्चालनका लागि तयारी गरिरहेको छ”, प्रवक्ता महर्जनले भने। चन्द्रागिरिमा हाल ५२ संस्थागत विद्यालय र २४ सामुदायिक विद्यालय छन् । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यो नगरपालिकामा १५ वडा रहेका छन् ।
यस्तै नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टाइन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ । सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टड गरेर ल्याउन शुरु गरेसँगै चन्द्रागिरिले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो ।
“भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले चन्द्रागिरिले क्वारेन्टाइनको क्षमतालाई विस्तार गर्न लागेको हो”, प्रवक्ता महर्जनले भन्नुभयो । चन्द्रागिरीले पछिल्लो समय पीसीआर परीक्षणलाई समेत तीव्रता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
असोज १८, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार