पठनपाठनमा सहयोग पु¥याउन ‘रेडियो स्कूल कक्षा कार्यक्रम शुरु’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १९:५८:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/radio-study_5ckW79cYl5.jpg)
२७ जेठ, दमौली । शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले तनहुँमा ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरिएको हो ।
वैकल्पिक विधिको प्रयोगबाट बालबालिकाको पठनपाठनलाई सहयोग पु¥याउन सदरमुकाम दमौलीस्थित मादीसेती एफएमबाट कार्यक्रम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत लालबहादुर खड्काले जानकारी दिए । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै बालबालिकाको पढाइबाट ध्यान नहटोस् र उनीहरुलाई विभिन्न विषयको रचनात्मक ढङ्गले ज्ञान प्रदान गर्न कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
विद्यालय जान नपाएको अवस्थामा उक्त कार्यक्रममार्फत बालबालिकालाई घरमै रहँदा मनोरन्जनात्मक क्रियाकलापमा सहभागी गराउने, प्रतिभा प्रस्फुटन गर्ने अवसर दिने, सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि प्रोत्साहित गर्ने र विभिन्न विषयको व्यावहारिक ज्ञान प्रदान गरिनेछ । यो कार्यक्रमअन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमूलक नाटक, कक्षा १ र २ का बालबालिकाका लागि शब्द निर्माण प्रतियोगिता, जीवन उपयोगी शिक्षाले किशोरीमा आएका सकारात्मक अनुभव, बन्दाबन्दीको अवस्थामा बालिका कसरी सुरक्षित रहन सक्छन् भन्नेजस्ता विषय समावेश गरिएको छ ।
विभिन्न विज्ञहरुको सुझाव र अन्तर्वार्ता पनि प्रसारण हुँदै आएको सो कार्यक्रम प्रत्येक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म प्रसारण गरिएको मादीसेती एफएमका स्टेशन म्यानेजर ओमकार आचार्यले जानकारी दिए । आचार्यका अनुसार रेडियो स्कूलमार्फत बालबालिका एवं विद्यार्थीले बन्दाबन्दी समयको अधिकतम सदुपयोग गरिरहेका छन् ।
कार्यक्रममार्फत विद्यार्थीमा सकारात्मक सूचना तथा जानकारी सम्प्रेषण भई राम्रोे प्रभाव पारेकाले अन्य रेडियोको सहयोगमा कार्यक्रम विस्तार गर्ने योजना रहेको बालिका शिक्षा कार्यक्रमका सहायक मञ्जु लोहनीले जानकारी दिए । रेडियो स्कूल कक्षा कार्यक्रममार्फत मुख्यगरी बालविवाह, यसका बेफाइदा, कोभिड–१९ र बाल मनोविज्ञानमा यसले पारेको असर, महिनावारी, लैङ्गिक भूमिका र प्राचीन धारणाजस्ता विषयलाई नाटक, संवाद, कविता, गीत अन्तर्वार्ताजस्ता माध्यमबाट प्रस्तुत गरिएको छ ।
प्राथमिक तहका बालबालिकालाई लक्षित गरी रुम टु रिडले तनहुँका १०३ सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम तथा कक्षा ६ र ७ मा अध्ययनरत १२ विद्यालयका बालिकालाई लक्षित गरी बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार