क्वारेन्टाइन भरिन लागेपछि स्वाब सङ्कलनका लागि किट अभाव
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २०:३:४४
२७ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले भिटिएम खरिद गर्ने भएको छ । क्वारेन्टाइनमा रहेकाहरुको कोरोना भाइरस परीक्षणका लागि भिटिएम अभाव भएपछि नगरपालिकाले आफ्नै खर्चमा भिटिएम खरिद प्रक्रिया अगाडी बढाएको हो ।
भारतबाट जिल्ला फर्किने क्रम बढेर क्वारेन्टाइन भरिन लागेपछि स्वाब सङ्कलनका लागि किट अभाव भएकाले नगरपालिकाले आफैले किट किन्न लागेको नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार दुई सय थान भिटिएम एक÷दुई दिनभित्रमा नै आइपुग्ने र भिटिएम आएपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वाब सङ्कलनलाई तीव्रता दिइनेछ ।
“भीटीएम खरिदका लागि सबै तयारी भइसकेको छ, एक दुई दिनभित्रै भिटिएम आइपुग्छ,” उनले भने, “आरडिटी भरपर्दो नभएकाले पिसीआर प्रविधिलाई नै प्राथमिकता दिएर स्वाब सङ्कलन गरिरहेका छौ ।” व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टी भएपछि उनीसँगै बसेका अन्य १५ जनाको पुनः स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा पठाइएको छ । यसअगाडी ५४ जनाको स्वाब परीक्षण गर्दा एक जनामा कोरोना पुष्टी भएको थियो ।
आदिकविको क्वारेन्टाइनमा रहेका ४६ जनाको कोरोना परीक्षण गर्न बाँकी छ । भिटिएम आउनेबित्तिकै उनीहरुको पनि स्वाब सङ्कलन गरिने सोतीले जानकारी दिए । नगरपालिकाभित्र निर्माण गरिएको क्वारेन्टाइनमा बसेका सबैको एक हप्ताभित्र स्वाब सङ्कलन गर्ने तयारी छ । “पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाउने तयारी छ”, उनले भने, “दैलेखमा भएको घटना दोहोरिन नदिन नगरपालिका गम्भीर छ ।”
यस्तै क्वारेन्टाइनमा राखिएका नागरिकको कोरोना परीक्षणका लागि म्याग्दे गाउँपालिकाले पनि भिटिएम खरिद गर्ने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले पहिलो चरणमा ३० थान भिटिएम किट खरिद गर्न लागिएको जानकारी दिए । गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ७० जनालाई राखिएको भएपनि १४ दिन पुग्ने क्रममा ३० जना रहेको हुँदा उनीहरुलाई परीक्षणका लागि पहिलो चरणमा ३० थान पीसीआर किट खरिद गर्ने प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए । प्रक्रिया पूरा गरेर किट खरिद गरि १४ दिन क्वारिन्टाइनमा बसाइँ पूरा भएकालाई क्रमशः परीक्षणका लागि पठाईने नागिलाले जानकारी दिए ।
गाउँपालिकाले विदेशबाट आउने नागरिकलाई सम्बन्धित वडाकै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको छ । प्रहासकीय अधिकृत नागिलाका अनुसार क्वारेन्टाइनमा बस्ने सबैलाई प्रतिदिन रु तीन सय ६५ का दरले खाना र खाजाको व्यवस्था गरिएको छ ।
भानु नगरपालिकाले एक सय थान भीटीएम खरिद गरेर ल्याइसकेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले क्वारेन्टाइनमा सङ्ख्या वृद्धि हुने क्रम बढ्ने तथा कोरोना परीक्षणका लागि किट अभाव हुने अवस्था आएपछि नगरपालिका आफैले भीटीएम खरिद गरेर ल्याएको जानकारी दिए । “अहिलेको अवस्थामा प्रदेश र सङ्घ सरकारको मात्रै मुख ताक्नुभन्दा पनि स्थानीय सरकार आफै क्रियाशील भएर किट खरिद गरेका हौ,” उनले भने, “किट आएसँगै क्वारेन्टाइन बसेकाका स्वाब सङ्कलनलाई तीव्रता दिन सहज हुन्छ ।”
भीटीएम खरिद गरेर ल्याउने बित्तिकै नगरपालिकाले भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा बसेका २३ जनाको आइतबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले पनि भिटिएम खरिद गर्ने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन, आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार