सम्माननीय सभामुख महोदय ! १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ?
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २०:४१:३७
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद गगन थापाले कोरोना नियन्त्रणको लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र देशलाई कोरोनामुक्त बनाउन नसक्ने दाबी गरे ।
उनले भने, ‘यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गछौँँ भनेर मात्रै बस्दैनौँ । अब हामी प्रश्न गर्छौ । उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ । हामीलाई अब उत्तर चाहिन्छ, सम्माननीय सभामुख महोदय ! १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाब–किताब चाहिन्छ । यस्तो राष्ट्रिय विपद्को बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’
प्रतिनिधि सभामा आफूहरुले माघदेखि नै कोरोना सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताको बारेमा आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखे । उनले भने, ‘न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कसको ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कसले रोकेको हो रु यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहङ्कारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ ।’
उनले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोप्रति आपत्ति जनाउँदै प्रश्न गरे– यो क्वरेण्टीन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’ उनले कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क सङ्कलन तथा त्यो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पाेखे ।
उनले भने, नेपालभन्दा बाहिर एक सय २७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्छ– नेपालभित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना सङ्क्रमित भएका छन् । तर के मृत्यु हुनेको सङ्ख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ र झुण्डिएर मरेका चन्द्रबहादुर परियार र औषधी खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ । क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ?’
अदालत, संसद, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भने पनि सरकारले बेवास्ता गरेको, सुदूरपश्चिममा स्वाब सङ्कलन रोकिएको, प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहँदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए । ‘अब क्वरेण्टीनमा बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्री देश भन्दिने । किन कि परीक्षण नभएपछि एक जनामा पनि सङ्क्रमण देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ? प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट र अपराधबाट भाग्न पाइँन्न ।’
विज्ञहरुसँगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडीटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ । सांसद थापाले भने, ‘न यो विश्वसनीय छ ? न नेपालको सङ्क्रमणको अवस्थामा यसको औचित्य छ । तर जबर्जस्ती आरडीटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ? हामीलाई जवाफ चाहिन्छ । मृत्यु भइसकेका मान्छेको स्वाब परीक्षण नगर्ने कसले भन्यो ? हामीलाई जवाफ चाहिन्छ । ”
उनले अस्पतालको तयारी, सङ्क्रमित बढ्दै गर्दा कुन अस्पतालमा कति सामग्री थपियो कति जनशक्ति थपियो भन्नेबारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गरे । उनले विदेशबाट ल्याउने भनिएका नेपाली नागरिक, कोरोनाभन्दा बाहेक अन्य बिरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गरे ।
उनले भने, ‘विदेशमा भएका नेपालीलाई ल्याउने भनेर निर्णय गरियो अहिले कुन एअरलाइन्सले बोक्ने भनेर झगडा गरेर आउन आतुर भएर बसेका नेपालीमाथि यत्रो ठूलो वज्रपात गर्ने रु जवाफ चाहिन्छ । गर्भवती महिलादेखि खोप पाउने बालिकासम्म, दीर्घ रोगीका बिरामीले औषधी किन पाएनन् रु जवाफ चाहिन्छ । कृषक मजदुरदेखि साना उद्योगी, ठूला उद्योगी व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन् । तिनको लागि कार्यक्रम के छ जवाफ चाहियो ।’
उनले अब कांग्रेसले प्रश्नमात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिए । उनले भने, ‘प्रश्न केबल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाइएको छ । हामी उसलाई चिन्दैनौ हामीलाई चिनाउनुपर्यो । उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्यो । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनुपर्यो । एउटारएउटा प्रश्नको जवाफ दिनुपर्छ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब–किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु अगाडि बढाउने ठाउँसम्म हामी पुग्छौँ । म आग्रह गर्न चाहन्छु । सरकारले सोचोस्, तयारी गरोस् । अब सदनमा कांग्रेसले एउटारएउटा कुराको हिसाब नदिइकन सरकारलाई सुतेर बस्न दिदैनौँ भन्नेकुरा जानोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
कीभस्थित अमेरिकी दूतावास अस्थायी रुपमा बन्द
मंसिर ५, २०८१ बुधबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार