कोरोना अपडेट : १५ जनाकाे मृत्यु, एकै पटक ९६ जना डिस्चार्ज
नेपालबहस संवाददाता
जेठ २७, २०७७ बुधबार २:४:४३
२७ जेठ, काठमाडौं । काेराेना भाइरसबाट आज एक जना मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए । उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसैगरी आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताए । सङ्क्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तिमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उनका अनुसार सङ्क्रमित जिल्ला ७२ पुगेको छ । आज इलाममा सङ्क्रमित भेटिएको हो ।
९६ जना डिस्चार्ज
यसैगरी आज ९६ जना एकै पटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । कूल ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् । यस्तै सशस्त्र प्रहरीको काठमाडौं वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज हुनुभएको छ । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ति सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् ।
यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुनको मूल्य ३ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?
कात्तिक २१, २०८१ बुधबार
स्थानीय तहको उपनिर्वाचन र उम्मेदवार चयनबारे कांग्रेसमा आज छलफल
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार