प्रजिअसहित कर्मचारी सङ्क्रमणको जोखिममा, प्रशासनमा अत्यावश्यक बाहेकका काम ठप्प
नेपालबहस संवाददाता
जेठ २७, २०७७ बुधबार २:३५:३४
२७ जेठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौं गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरु सङ्क्रमणको जोखिममा परेका छन् । यससँगै प्रशासनमा आज हुने भनिएको एक बैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकिएको छ ।
जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले यही जेठ २३ गते प्रशासनमा आफै पुगेर अनुमतिपत्र लिएका थिए । सो क्रममा प्रत्यक्ष रुपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो । यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताए । यससँगै आज बिहान ११ वजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ ।
यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उनले जानकारी दिए । सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई जेठ २० र २१ गते फर्काइएकामा २३ गते भने अनुमतिपत्र दिइएको थियो । सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौं गएका थिए । सोमबार स्वाबका नतिजा पोजेटिभ आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार
अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत
कात्तिक २१, २०८१ बुधबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार