कारको ठक्करबाट दुईको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १२:५४:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/accident-acc-825_8G3N30CyiK.jpg)
२८ जेठ, काठमाडौं । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नं.को कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौंको बिएनबी अस्पताल ल्याइएको छ । ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका–१ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार
श्रीलङ्कामा सडक दुर्घटना हुँदा १५ जना घाइते
असार १७, २०८१ सोमबार
दाङमा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीको सक्रियता, ११ महिनामा ९२ जनाको मृत्यु
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार
ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा
असार २०, २०८१ बिहिबार
जिपी फाउण्डेशनले सुनसरीमा मनायो गिरिजाप्रसादको जन्मसताब्दी
असार २०, २०८१ बिहिबार