धनुषामा गएराति युवकको कन्चटमा गोली हानी हत्या !
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १४:५०:३२
Shares
२८ जेठ, धनुषा । धनुषामा गएराति एक जना युवकको कन्चटमा गोली हानी हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रनाउ कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए । हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । शवको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार