एकीकृत क्वारेन्टाइनमा बसेका १८ जना कोरोना जितेर घर फर्किए
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार १५:४३:४८
२८ जेठ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सोमबार साँझ घर पठाएको प्रतिष्ठानका अस्पताल निर्देशक चिकित्सक मङ्गल रावलले बताए ।
प्रतिष्ठानका चिकित्सक धिरज गुरुङले कोरोना जितेर घर फर्कँदै गरेका नागरिकलाई तीन साता होम क्वारेन्टाइनमा बस्न सुझाए । उनले भने, “घरमा सामाजिक दूरी कायम गर्नु, चुरोट र रक्सीबाहेक अरु खानेकुरा बार्न पर्दैन । आफू सचेत हुन आवश्यक छ ।”
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कोरोना भाइरसलाई जितेर घर फर्कँदै गरेका नागरिकलाई धन्यवाद व्यक्त गरे । उनले भने, “तपाईँहरुका साहसले अरुको साहस बढ्छ । अहिले जुम्लाबाट खुशीको सन्देशले अरु नागरिकलाई पनि कोरोना भाइरससँग लड्न सक्ने क्षमता पैदा भएको छ ।” प्रमुख जिल्ला अधिकारी थापाले चिकित्सकको सुझावलाई मनन गर्दै तीन हप्ता होम क्वारेन्टाइनमा बस्न आग्रह गरे । आफ्नो स्वास्थ्यको ख्याल गर्दै अन्य नागरिकलाई पनि सचेतीकरण गर्न उनले सुझाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्थानीय तहको उपनिर्वाचन र उम्मेदवार चयनबारे कांग्रेसमा आज छलफल
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
सर्वोच्चका तीन फैसलाः विद्युत व्यापार, बक्यौता र दूरसञ्चार रोयल्टीमा सरकारलाई राहत
कात्तिक २१, २०८१ बुधबार
फरफराइ रहेको नेपालको राष्ट्रिय झण्डा
कात्तिक २१, २०८१ बुधबार
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
कात्तिक २१, २०८१ बुधबार
महिला यू-१९ विश्वकपको एसिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै
कात्तिक २१, २०८१ बुधबार