सुनौली नाका आइपुग्दा नेपाली युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार २०:३८:१०
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
२८ जेठ, काठमाडौं । भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एकजना युवकको सुनौली आइपुग्दा मृत्यु भएको छ। भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वर्षका युवाको सीमानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको हो।
भारतबाट आउँदै गरेका व्यक्ति रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बेहोस भई पल्टिएपछि अचानक मृत्यु भएको र थप प्रकृयाको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई जानकारी गराइएको छ । ती युवा पहिलेदेखि नै अरू रोगबाट समेत पीडित रहेको परिवारले बताएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार कोरोनाको महामारीबीचमा भारतबाट आउँदै गरेको र भारतीय भूमिमै मृत्यु भएकोले भारततर्फ नै पीसीआर परीक्षण गरेपछि मात्र शव व्यवस्थापनको लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
पन्थका अनुसार पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आए भारतमै शव व्यवस्थापन गरिने छ भने रिपोर्ट नेगटिभ आएमात्र शवलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइने छ। मुम्बईमा सँगै काम गर्ने पाल्पाका व्यक्तिसँगै आएका उनको मृत्यु भएपछि अहिले परिवार तथा आफन्त सुनौली जाँदै गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार