रुपा गाउँपालिकामा ३० श्ययाको आइसोलेशन वार्ड
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार २२:५२:४२
२८ जेठ चिप्लेढुङ्गा । कास्कीको रुपा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना पुष्टि भएसँगै थप सजगता अपनाएर आइसोलेशन वार्ड निर्माणमा जुटेको छ ।
आइसोलेशन वार्ड निर्माणका लागि गाउँपालिकास्थित उपयोगविहीन अवस्थामा रहेको अदिमभूमि संस्थाको तालिम केन्द्र भवनलाई मर्मत सम्भार गरी व्यवस्थित बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए। “सङ्क्रमण बढ्यो, बाहिरबाट आउनेक्रम पनि जारी छ, दुईजनामा सङ्क्रमण देखिएसँगै हामीले थप व्यवस्थित गरेर यसको रोकथाम र नियन्त्रणको प्रयासमा लागेका छौँ”, उनले भने राखेर सजगता अपनाइरहेका छौँ, अहिले परिस्थिति थप जटिल बन्दै गएको छ, यसबाट गाउँमा थप सङ्क्रमण नफैलियोस् र तुरुन्तै उपचार होस् भन्ने उद्देश्यले अदिमभूमिको भवनलाई ३० श्ययाको आइसोलेशन वार्ड बनाउने लागेका हौँ ।”
अध्यक्ष ओझाका अनुसार यसअघि गाउँपालिका–७ स्थित रामकोट मावि क्वारेन्टाइन मा ३० जनालाई राखिएको थियो । तीमध्ये दुईजनामा कोरोना पोजेटिभ देखियो । हाल उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा उपचार भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार लक्षण नदेखिएका सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निर्देशनमा उक्त आइसोलेशनमा राखिनेछ । गम्भीर प्रकृतिका लक्षण देखिएका र भेन्टिलेटरको आवश्यकता पर्नेलाई भने अस्पताल नै पठाउने अध्यक्ष ओझाको भनाइ छ ।
उक्त भवन मर्मत सम्भारका लागि करिब रु १० लाख खर्च लाग्ने अनुमान गरिएको पनि उनले बताए। भवन परिसरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आइसोलेशन व्यवस्थापनमा खटिने सबैलाई आवास उपलब्ध गराउने गरी तयारी भइरहेको छ । शुरुमा क्वारेन्टिनका रुपमा प्रयोग गर्ने र आवश्यकता भएपछि आइसोलेशन बनाउने गरी भवनलाई व्यवस्थित गरिएको अध्यक्ष ओझाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार