तिलाठी कोइलाडीका उपाध्यक्षले जिम्मेवारीपूर्ण भूमिका निर्वाह नगरेको अध्यक्षको आरोप
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार ०:३:३६
◊ धीरुभाइ
२८ जेठ सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले वडाहरुमा सडकको स्तरोन्नति (माटो, ग्राभेल तथा ढलान कार्य), विपद् ब्यवस्थापन, सामाजिक तथा आर्थिक विकासका कार्य गर्नकालागि जनप्रतिनिधी तथा कर्मचारीहरु सक्रिय रहेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधी तथा कर्मचारीहरुले अत्यधिक मिहिनेत साथ काम गरिरहेको भारतबाट आउने गरेका व्यक्तिहरुको होल्डिङ्ग सेन्टर संचालन, हेल्थ डेस्क संचालन गर्नुका साथै गाउँपालिका अन्तर्गत रहेका सबै वडाहरुमा कोभिड १९ सम्बन्धी जनचेतनामुलक माइकिङ समेत गरिरहेको उल्लेख गरेको छ ।
यस अवस्थामा गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो पदीय आचरणभन्दा बाहिर गएर विवादास्पद कार्य मात्र गर्ने गरिरहेकी विज्ञप्तीमा चुनाव जितेर आएपछि उपाध्यक्षले निर्वाह गर्नुपर्ने काम, कर्तब्य र दायित्व कहिल्यै निर्वाह नगरी सधैं ध्वंशात्मक प्रतिपक्षीको भूमिका मात्रै निर्वाह गरेको बताए । नेपाल सरकारले जारी गरेको चैत्र ११ गतेदेखिको लकडाउनको अवस्थामा कर्मचारीहरुले कसरी काम गरिरहेका छन् ।
उनीहरुले के कस्ता समस्या भोगिरहेका छन् जस्ता सबालमा उपाध्यक्षले कुनै पनि कर्मचारीसँग छलफल नगर्ने, कर्मचारीहरुको मनोबल गिराउने काम मात्र गर्दै आएको दाबी गरेको छ । उपाध्यक्षले कार्यालयमा हिसाब किताब खोज्ने, कर्मचारीहरुलाई धाकधम्की दिने, काममा बाधा उत्पन्न गर्ने जस्ता कार्य मात्रै गर्दै आएको आरोप लगाएको छ ।
उनको गलत मानसिकताका कारण कलोलकल्पित तथा झुठा मनगढन्ते कुराहरुलाई लिएर सर्वोच्च अदालतमा समेत मुद्दा गर्दा खारेज भएको विज्ञप्तीमा गाउँपालिकाको कुनै पनि काममा आजसम्म सहयोग नगरेकी, सकारात्मक भावना नराखेकी उपाध्यक्ष यादवले नकारात्मक भावना र अरुको उक्साहटमा लागेर सधैं गाउँपालिकाको कामकाजमा बाधा उत्पन्न गर्दै आएको बताए ।
उपाध्यक्ष यादव र उनका पति शिवनाथ प्रसाद यादवले समेत कहिले सह लेखापाललाई हात खुट्टा काटिदिने धम्की दिन्छन् भने कहिले अन्य कर्मचारीहरुलाई गाली गलौज गर्ने गरेको भन्दै उपाध्यक्षका पतिले सह लेखापाललाई दिएको धम्कीको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी समेत दिइएको छ भने दोषी उपर कारबाही नगराएसम्म कर्मचारीहरुले उपाध्यक्षलाई बहिष्कार गर्ने निर्णय समेत गरेको बताएको छ ।
गाउँ सभाबाट अनुमोदन गरिएका योजनाहरु सञ्चालन गर्दा निर्णय बेगर योजना सञ्चालन गरी करोडौं रुपैयाँ भ्रष्टाचार ग¥यो भनी गलत आरोप लगाउने उपाध्यक्षले आफैले अनुगमन गरी योजना ठीक ढंगले सञ्चालन भएको भन्दा उनको नियत स्पष्ट भएको विज्ञप्तीमा भनिएको छ । आफैले अनुगमन गरेको योजनाहरुमा भ्रष्टाचार भएको भन्नु र आफूलाई केही पनि थाहा नहुनु भनी अभिब्यक्ति दिने उपाध्यक्षको मानसिकता र नियत यसैबाट स्पष्ट भएको र विगतमा ५ करोड ६१ लाख रुपैयाँ भ्रष्टाचार ग¥यो भनी भ्रामक र कपोलकल्पित कुराहरु पत्रकार सम्मेलनबाट उपाध्यक्ष यादवले आरोप लगाएकी थिइन् ।
उक्त योजनाहरुको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण टिमले छुट्टाछुट्टै स्थलगत अनुगमन गर्दा कुनै पनि प्रकारको भ्रष्टाचार नभएको पाइएको भनिएको छ । आफू निकटका ब्यक्तिहरु रहेको उपभोक्ता समितिको काम समेत नहेरी कार्यालयमै बसेर अनुगमन प्रतिवेदनमा हस्ताक्षर गर्ने गरेकी उपाध्यक्ष यादवले अरु उपभोक्ता समितिले काम सम्पन्न गरेको महिनौं दिनसम्म आग्रह गर्दा पनि अनुगमन गर्न नजाँदा पछिल्लो दिनमा विवाद हुँदा उपभोक्ता समितिका पदाधिकारीले कार्यालयमा तालाबन्दी समेत गरेका स्मरण गराइएको छ ।
लकडाउनको कारण मारमा परेका किसानको खेतमा रहेको गहुँ रिपर मेसिन मार्फत कटान गर्ने, सबै वडाहरुमा डिसइन्फेक्टेन्ट औषधि छर्किने कार्य, गैर नाफामूलक घुम्ती पसल सञ्चालन, एफएम मार्फत कक्षा सञ्चालन, ब्यवस्थित रुपमा क्वारेन्टीन सञ्चालन, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको परिचालन, जिल्लास्थित सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्य जस्ता योजना तथा कामहरुका कारण जिल्लामा राम्रो काम गरिरहेको भनी तिलाठी कोइलाडी गाउँपालिकाले चौतर्फी प्रशंसा पाइरहेको विज्ञप्तीमा भनिएको छ ।
सरकारले तोकेको गुणस्तर र मापदण्ड बमोजिम चार सय बेड क्षमताको दुई वटा क्वारेन्टीन सञ्चालन गरिरहेको अवस्थामा अझ सुधार गर्नुपर्ने कुरालाई औंल्याउनुभन्दा पनि क्वारेन्टीनमा बसेका ब्यक्तिहरुलाई उक्साउने, भड्काउने काम उपाध्यक्ष यादव र निजका पतिले गर्दै आएको आरोप लगाएको छ ।
जारी विज्ञप्तीमा गाउँपालिकाले टेन्डर बाहेक कुनै पनि उपभोक्ता समितिबाट विकास निर्माणको काम नगरिरहेको उल्लेख गर्दै कोभिड १९ को सन्दर्भमा अर्थ मन्त्रालयले विभिन्न शीर्षकको बजेट रोक्का गरी कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउन परिपत्र गरेपछिका दिनमा कुनै पनि नयाँ काम गाउँपालिकाले सुरु नगरेको बताएको छ ।
उपाध्यक्ष संयोजक हुने प्रावधान रहेको न्यायीक समितिको काम सुस्त रहेको, न्यायकालागि सयौं जनाले दिएको निवेदन त्यतिकै थन्किएको हुँदा त्यस सम्बन्धमा पटक पटक भन्दा पनि वेवास्ता गर्दै आएको बताएको छ । कार्यालयको काम कारबाहीमा सहजता ल्याउने, सहजीकरण गर्ने भन्दा पनि कार्यालयलाई हानी नोक्सानी हुने, बदनामी हुने जस्ता कामहरु मात्र उपाध्यक्षले गर्दै आएको विज्ञप्तीमा भनिएको छ ।
उपाध्यक्ष यादवका पतिले गाउँपालिकाका सह लेखापाललाई हात खुट्टा काटिदिने धम्की दिएको र सोको विरोधमा कर्मचारीहरुले कारबाही गर्न दिएको निवेदन उपर अबिलम्ब कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ध्यानाकर्षण गराएको छ ।
फोटो ः विज्ञप्ती संलग्न छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार