लिम्पियाधुरा, लिपुलेक र कालापानी बारेको सङ्कल्प प्रस्ताव पारित
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बिहिबार ३:५९:५९
२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आज बसेको बैठकले मिचिएको नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अबिलम्व फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन र कूटनीतिक वार्ताद्वारा समस्या समाधानको पहल गर्नुपर्नेसम्बन्धी सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा उक्त सङ्कल्प प्रस्तावका प्रस्तावकद्वय नेपाली कांग्रेसका कर्णबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का गेल्बुसिंह बोहराले प्रस्तावमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । नेपाली कांग्रेसका भरतबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का लालबहादुर खड्का र राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले प्रस्तावको समर्थन गरेका थिए ।
प्रस्तावमाथि भएको छलफलमा भाग लिने सदस्यले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको यथेष्ट तथ्य र प्रमाण रहेको अवस्थामा यिनै प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट वार्ता गरेर अतिक्रमित भूमि फिर्ता गराउन सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
प्रदेशसभा सदस्यले भारतद्वारा अतिक्रमित नेपालको भूमि समावेश गरेर राजनीतिक नक्सा जारी गरिएकोप्रति सङ्घीय सरकारलाई धन्यवाद दिनुहुँदै राष्ट्रिय एकता र भौगोलिक अखण्डताको सुरक्षाका लागि नेपालीहरु दृढ सङ्कल्पित रहेको बताए । वक्ताहरुले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रमा बसेका नेपालीको सुरक्षा व्यवस्थापनका साथै सो क्षेत्रको समग्र विकासका लागि सरकारले योजना ल्याउनुपर्ने माग गरे ।
छलफलमा नेकपाका लीलाधर भट्ट, मानबहादुर धामी र नेपाली कांग्रेसका डा रणबहादुर रावलले भाग लिएका । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सङ्कल्प प्रस्तावमाथिको प्रदेश सरकारको धारणा राख्नुहुँदै कालापानी लिपुलेक र लिम्पियाधुराबाट भारतीय सेना हटाई नेपाली भूमिको रक्षा गर्न ल्याइएको सङ्कल्प प्रस्तावप्रति धन्यवाद दिए ।
सो क्षेत्रबाट भारतीय सेना फिर्ता गराएर राज्यको उपस्थिति बलियो बनाउनेतर्फ पहल भइरहेको उल्लेख गर्दै मन्त्री शाहले त्यस क्षेत्रको समग्र विकास गर्ने कार्यक्रम प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको स्पष्ट पारे । नेपालको अखण्डता र सार्वभौमसत्ताको सम्मान र विगतमा भएका सन्धि सम्झौताको पालना गर्न, भारतले आफ्ना छिमेकीसँग मित्रवत् व्यवहार राख्नुपर्छ भन्नेमा प्रदेश सरकारको धारणा रहेको मन्त्री शाहले बताए ।
बैठकले सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई दफावार छलफलका लागि सामाजिक समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई स्वीकृत गरेको छ ।
यसअघि बैठकको शून्य समयमा भाग लिने सदस्यले कोभिड–१९ को कारण मृत्यु हुने नागरिकका परिवारलाई उचित राहत रकमको व्यवस्था गर्न, रोगको रोकथामका लागि आरडीटी परीक्षण रोकेर पीसीआरको दायरा बढाउन, मापदण्डअनुसारका क्वारेन्टाइन नहुँदा त्यहाँ बस्नेको अवस्था दयनीय भएकाले क्वारेन्टिनको बसोवास मापदण्डअनुसार बनाउन, खेतीको समयमा भएको रसायनिक मलको अभावमा कृषक समस्यामा परेकाले मलको आपूर्ति गर्न सदन र सरकारको ध्यानाकर्षण गराए ।
शून्य समयमा नेकपाका पूर्णा जोशी, प्रकाश रावल, बलबहादुर सोडारी, मनाकुमारी साउद, मानबहादुर धामी, रतनबहादुर थापा, शान्ति नेपाली र सुशीला बुढाथोकीले भाग लिए । यसै गरी शून्य समयमै कांग्रेसका डा रणबहादुर रावल, भरतबहादुर खड्का र राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले पनि भाग लिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार
न्युजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ५, २०८१ बुधबार