डब्लुएचओले भन्यो, कोरोना भाइरसमा मौसमको प्रभाव स्पष्ट छैन !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १४:१७:२
![](https://nepalbahas.prixacdn.net/media/albums/who-riyan_vFxI8uphFd.jpg)
२९ जेठ, काठमाडाैं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ ।
डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा त्यसको कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको बुधबार भएको ब्रिफिङ्गको क्रममा बताएका हुन् ।
महामारीको सुरुवातमा गर्मी सुरु भएपछि कोरोना भाइरसको संक्रमण कम हुने चर्चा चलेको थियो । तर हालसम्म भाइरसको प्रकृति हेर्दा र संक्रमण दर हेर्दा त्यो कुरा सत्य नभएको देखिएको छ ।
डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख रयानले कुनै देशमा स्वास्थ्य सुविधाको स्थिति निकै खराब रहेको र त्यहाँको अवस्था चिन्ताजनक रहेको पनि बताए ।
यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उनले सुझाव दिएका छन् ।
महामारीको सुरुमा गर्मी बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण शिथिल हुने केहीले तर्क गरेका थिए । तर तीव्र गतिमा संक्रमण फैलियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी नै प्रमुख उपाय रहेको डब्लुएचओले लगातार जोड दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
मनाङको बाटो सधैँ जोखिमपूर्ण
असार १९, २०८१ बुधबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार