क्वारेन्टाइनमा तनाव व्यवस्थापन र उच्च मनोबल बनाउन योगाभ्यास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १५:११:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/yog-corona_GLHBvP0xOK.jpg)
२९ जेठ, मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टाइनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले निःशुल्क औषधि उपलब्ध गराउनुका साथै योगाभ्याससमेत गराएको छ । केन्द्रले बुधबार उक्त क्वारेन्टाइनमा बसेका ९५ जनालाई औषधि वितरण गरिएको र योगाभ्यास पनि गराएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यालय प्रमुख दीक्षा भण्डारीले बताए ।
उनले क्वारेन्टाइनमा बस्दै आएकाको तनाव व्यवस्थापन र उच्च मनोबल बनाउनका लागि योगाभ्याससम्बन्धी जानकारीसहित १२ चरणका योगाभ्यास गराएको भण्डारीले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरको रगत चलायमान बनाउन आयुर्वेदिक औषधिसहित योगाभ्यास गराएको प्रमुख भण्डारीले बताए ।
योगाभ्यास तथा औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले क्वारेन्टाइनमा बसेकाका लागि नगरपालिका सबै सेवा दिन तयार रहेको बताए। नगरपालिकाले क्वारेन्टिनमा बसेकाका लागि कुनै पनि सेवा सुविधामा कमी आउन नदिने बताए । क्वारेन्टाइनमा रहेका नगरका नागरिकले अनावश्यक कुरामा भन्दा सबैले जिम्मेवार भई बस्न नगरप्रमुख बडुवालले आग्रह गरे ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले पछिल्लो समयमा बाजुरामा विभिन्न रोगमा बिरामीलाई आयुर्वेद उपचार सेवा प्रभावकारी बनाउँदै गएको छ । आयुर्वेद अस्पतालमा बाथ, अम्लपित्त, दम, खोकी, पिनास, पायल्स, छालारोग, स्त्रीरोग, उच्च रक्तचापलगायतका रोगहरुको उपचार हुँदै आएको केन्द्र प्रमुख भण्डारीको भनाइ छ ।
आयुर्वेदभन्दा पहिले खासै बिरामी नआउने गरेको केही समयमा प्रचारप्रसार हुन थालेकाले बिरामीको सङ्ख्या बढ्दै गएको उनले बताए । केन्द्रले सुनौला हजार दिनका आमालाई दूध बढाउने औषधि र ज्येष्ठ नागरिकको लागि रसायन औषधि वितरण गर्दै आएको केन्द्रले जनाएको छ ।
अस्पतालमा ओपिडी सेवा, पूर्वकर्म, पञ्चकर्म सेवा र वितरण हुँदै आएको छ । क्वारेन्टाइनमा रहेकालाई औषधि वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, वडाध्यक्ष प्रकाश रावल, विनोदकुमार विकको सहभागिता थियो । औषधि वितरण बडिमालिका नगरपालिकाको सहयोगमा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
नेप्सेमा सामान्य अङ्कको सुधार हुँदा पाँच अर्बको कारोबार
असार १९, २०८१ बुधबार
गाजामा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित
असार १९, २०८१ बुधबार
वरियतामा हार्दिक पाण्डेय अलराउण्डरको वरियतामा शिर्ष स्थानमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
असार १९, २०८१ बुधबार
अधिवेशन गर्न नसकेर थला परेका कांग्रेसका १० भ्रातृ संस्थाको चैतसम्म थपियो म्याद
असार १९, २०८१ बुधबार