युवाहरूमा कोरोना संक्रमण सबैभन्दा बढी
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १६:५६:१३
२९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी युवाहरूमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उमेर समूहको हिसाबले हेर्दा सबैभन्दा बढी संक्रमण युवाहरूमा देखिएको हो ।
मन्त्रालयका अनुसार ६० प्रतिशत संक्रमित २१ देखि ४० वर्षका छन् । २१ देखि ३० वर्षका संक्रमित ३९ प्रतिशत छन् । ८६ प्रतिशत संक्रमित ११ देखि ४० वर्षका छन् । बुधबारसम्म देशभरि ४ हजार ३६४ जनामा नोवेल कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरू मध्ये महिला ३०९ र पुरुष ४ हजार ५५ जना छन् ।
सबैभन्दा पहिला कोरोना देखिएको चीनमा भने २० देखि ३९ वर्षसम्मका संक्रमित जम्मा २५ प्रतिशत थिए । त्यहाँ ५० देखि ५९ वर्ष उमेर समूहमा सबैभन्दा बढी अर्थात् २२ प्रतिशत संक्रमित थिए ।
चीनमा गरिएको एक अध्ययन अनुसार त्यहाँ ६० वर्ष भन्दा बढी उमेर भएका संक्रमित झण्डै एक तिहाई थिए । ४४ हजार ६७२ मा गरिएको उक्त अध्ययन अनुसार संक्रमित मध्ये ३१ प्रतिशत भन्दा बढी ज्येठ नागरिक थिए । तीन प्रतिशतभन्दा बढी संक्रमित ८० वर्ष भन्दा माथिका थिए । नेपालमा ६१ वर्ष कटेका संक्रमित एक प्रतिशत भन्दा कम छन् ।
बुधबारसम्मको तथ्यांक अनुसार ६१ वर्षभन्दा बढी उमेर पुगेका ४० जनामा संक्रमण देखिएको थियो । उनीहरू धेरैले स्वास्थ्य लाभ गरिसकेका छन् । तीनजनाको मृत्यु भएको छ ।
नेपालमा ८० वर्षभन्दामाथि एक जनामा कोरोना देखिएको थियो । सुखद कुरा उनले स्वास्थ्य लाभ गरिसकेकी छन् । बाग्लुङकी ६५ वर्षीय महिलाले दमको समस्याका बावजुद कोरोना जित्न सफल भइन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । सबभन्दा कम उमेरकी बाजुराकी दुई वर्षीय बालिका र बढी उमेरका दोलखाका ७६ वर्षीय पुरुष छन् ।
८ जना ५० वर्षभन्दा कम उमेरका र ७ जना ५१ वर्षभन्दा बढी उमेरका छन् । चीनमा मृतक मध्ये ९४ प्रतिशत ५० वर्ष भन्दा बढी उमेरका थिए । ६० प्रतिशतभन्दा बढी मृतक ६० देखि ७९ वर्ष उमेर समूहका थिए । त्यहाँ २९ वर्ष भन्दा कम उमेर समूहका मृतक एक प्रतिशत भन्दा पनि कम थिए ।
बुधबार प्रतिनिधिसभामा गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई आधार मान्ने हो भने ३७ सय ९ संक्रमित भारतबाट आएका हुन् ।
यता जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले पनि धेरै जसो संक्रमण विदेशबाट आएका देखिएकाले युवाको संख्या बढी भएको बताउँछन् । कम जोखिमपूर्ण भनेका युवाहरूमा मृतक संख्या बढी देखिनु, धेरैजसो संक्रमितमा लक्षण नदेखिनु जस्ता कुरा थप अध्ययनको विषय भएको डा. दीक्षितले बताए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
अवरुद्ध हेटौंडा–भैंसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो
असोज १४, २०८१ सोमबार
पाकिस्तानले भन्यो: ‘नेपाललाई सघाउन तत्पर छौं’
असोज १४, २०८१ सोमबार
इजरायलमा विपक्षी दलका नेता पनि सरकारमा सामेल
असोज १४, २०८१ सोमबार
काठमाडौं उपत्यकाका ११ स्थानमा 'रेकर्ड ब्रेक' वर्षा
असोज १४, २०८१ सोमबार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै
असोज १४, २०८१ सोमबार
हनी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स
असोज १४, २०८१ सोमबार