मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार १७:११:५३
२९ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत अस्पतालमा पठाउन निर्देशन गरे । प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामदायिक अस्पताल रुकुमपश्चिमलाई विशिष्टीकृत अस्पतालका रूपमा तोकेको छ ।
उनले सामान्य सङ्क्रमितलाई नगरपालिकाकै आइसोलेसनमा व्यवस्थापन गर्ने, लक्षण देखिएका सङ्क्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्ने गरी व्यवस्थापन गर्न सुझाए। हरेक स्थानीय तहले ५०, जिल्लामा १०० श्यया आइसोलेसनको व्यवस्थापन गर्नुपर्नेमा बताएका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितको ओसारपसार गर्न जिल्लामा भएका सबै एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सञ्चालन रहेका एम्बुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गरिने जनाए ।
पिसीआर परीक्षणको दायरा बढाउने जनाउँदै उनले कोरोना महामारीले निम्त्याएको विषम परिस्थितिसँग जुध्न अग्रभागमा रहेर काममा निर्वाध लागिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद दिए। सबैले आ–आफ्नो क्षेत्र एवं तहबाट सरकारले जारी गरेका नियम, नीति, निर्देशनको पालना गर्दै अघि बढे कोरोनासँगको लडाइँ सुनिश्चित हुने उनको भनाइ थियो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलबारे प्रमुख जिल्ला अधिकारी चन्द्रपसाद गैरेले मुख्यमन्त्री शाहीलाई जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार