सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या १२१ पुग्याे
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २१:१४:३५
◊ धीरुभाइ
२९ जेठ सप्तरी । सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या १२१ पुगेको छ । आज जिल्लाको हनुमाननगर कंकालीनी नगरपालिका ६ जना संक्रमित थपिएको छ । उनीहरु १५ वर्षदेखि माथि र ३८ वर्षमुनिका छन । संक्रमितहरु अहिले क्वारेन्टाइनमै रहेको छ ।
हिजो छिन्नमस्ता गाउँपालिकामा एक महिलासहित छ जना र बोदेबर्साइन नगरपालिकामा तीन जना संक्रमति थपिएको थियो । नयाँ थप भएको संक्रमितहरुको पीसीआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरु सबै जना भारतको विभिन्न स्थानबाट आएका व्यक्तिहरु रहेको बताए ।
थप भएको संक्रमितसहित जिल्लाको बोदेबर्साइन नगरपालिकामा २४, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालीनी नगरपालिकामा १२, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १२, बलान बिहुल गाउँपालिकामा २७, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, तिरहुत गाउँपालिका, शम्भुनाथ नगरपालिकामा एक÷एक र कञ्चनरुप नगरपालिकामा दुई जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए । जिल्लाका संक्रमितहरु भारतको विभिन्न स्थानबाट आएको यात्रा बृतान्त रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार