प्रदेश नं २ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २१:३५:२१
२९ जेठ, महोत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ ।बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकै दिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।
प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहेका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ ।
प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पीसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् । स्वाब परीक्षण गरिएकामध्ये बुधबार साँझसम्म १५ हजार ३८९ को नतिजा ‘परिणाम, रिपोर्ट’ आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् । अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।
प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टाइन बनाइएका छन् । । अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टाइन बस्नेको सङ्ख्या सात हजार ८७२ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार ३६१ पु¥याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।
प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडिटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टाइन रहेकाहरुको पीसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ । क्वारेन्टाइन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण अझै सघन हुनसकेको छैन ।
यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टाइन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोरोना रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा
असोज १२, २०८१ शनिबार
मधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार