रोल्पामा थप १४ जनामा कोरोनाकाे पुष्टि, संक्रमितको संख्या १७ नाघ्यो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २१:४४:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-test_qsyiOS94wx.jpg)
२९ जेठ, रोल्पा । रोल्पामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जना महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।
संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना छन् । संक्रमित पुष्टि भएका सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन् । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ । एउटामात्र एम्बुलेन्स रहेका कारण उनीहरुलाई एकै पटक ल्याउन समस्या भएकाे अस्पतालले जनाएकाे छ ।
यसअघि जेठ २५ गते सोही गाउँपालिका वडा नम्बर ५ र ६ स्थित विद्यालयको क्वारेन्टिनमा बस्दै आएका तीन जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई संक्रमण पुष्टि भएको चार दिनपछि बिहीबार मात्रै उपचारका लागि आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार