कर्णालीमा ६ महिने बालकसहित ५५ जनामा कोरोनाको पुष्टि
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २२:४१:४४
२९ जेठ, सुर्खेत । कर्णालीमा बिहीबार थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये दैलेखमा ६ महिने बालकसहित थप ४८ जनामा कोरोना संक्रमणकाे पुष्टि भएकाे छ । याे सँयै दैलेखमा मात्र संक्रमितको संख्या ४३४ पुगेकाे छ । आज डुङ्गेश्वरका ३९ र भगवतीमाई गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौंका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा बिहीबारसम्म संक्रमितको संख्या ७६३ पुगेको छ ।
कर्णालीका संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने ६० जना निको भएर घर फर्किसकेका छन् । बिहीबार मात्रै कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।
यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् । उनीहरुसहित कर्णालीमा डिस्चार्ज हुनेहरुको संख्या ६० पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध
असार १४, २०८१ शुक्रबार
तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने
असार १२, २०८१ बुधबार
वर्षा नहुँदा जुम्ली किसानलाई रोपाइँमा समस्या
असार ६, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
जङ्गलमा उम्रिएको झरी च्याउ टिप्दै महिला
असार १३, २०८१ बिहिबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीको उपस्थितिमा चितवनमा राष्ट्रिय धान दिवस मनाइने
असार १४, २०८१ शुक्रबार
सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम
असार १४, २०८१ शुक्रबार
विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
असार १४, २०८१ शुक्रबार
टेरामक्सबारे उचित दिन आएछ भने म यसको जवाफ दिनेछु : सांसद बस्नेत
असार १४, २०८१ शुक्रबार