सञ्चारकर्मीलाई वरिष्ठ नेता पौडेलमार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री हस्तान्तरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार ०:१२:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/kshitiz-bhandari-leader_gMSGl70EMK.jpg)
२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा काम गर्ने पत्रकारहरु सुरक्षित रहनुपर्ने बताएका छन् । हरिप्रिया प्रकाश फाउण्डेसनद्वारा उपलव्ध स्वास्थ्य उपकरणसहितका सामग्री आज नेपाल प्रेस युनियन आवद्ध महिला पत्रकारहरुलाई हस्तान्तरण गर्दै वरिष्ठ नेता पौडेलले पत्रकारहरु सुरक्षित भएमात्र आम नागरिकले सूचना पाउने बताए ।
पत्रकारलाई सुरक्षित ढंगले काम गर्न आवश्यक तयारी सरकारले गनुपर्नेमा दायित्वबिमुख भएका बेला फाउण्डेसनले गरेको प्रयासको नेता पौडेलले प्रशंसा गरे । कैलाली जिल्लाकी होनहार महिला नेतृ हरिप्रिया भण्डारी आज हामी सामु हुनुहुन्न, तर उनको सम्झना भने संकटका बेला भइरहने वातावरण तयार गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिनुपर्छ– उनले भने ।
साहित्य,समाजसेवा र राजनीतिमा उत्तैकै प्रखर रहेकी नेतृ हरिप्रिया आफ्ना लागिसमेत प्रेरणास्रोत रहेको स्मरण गर्दै नेता पौडेलले भने– यस्तो विषम घडीमा आमाको स्मरण गर्ने कांग्रेस युवा नेता क्षितिज भण्डारीलाई धन्यवाद दिनैपर्छ ।फाउण्डेसनका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका युवा नेता भण्डारीले आमाको स्मरणमा सकेको राहत वितरण गरिरहेको जानकारी दिंदै कोरोना संक्रमणबाट जोगिन झण्डै दश हजार मानिसलाई आवश्यक सामग्री वितरण गर्ने बताए ।
फाउन्डेसनबाट काठमाडौं र ललितपुर, भक्तपुरसहित देशका विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गर्ने क्रममा बिहीवार वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गरिएको हो। वरिष्ठ नेता पौडेलद्वारा पीपीई, एम ९५ मास्क, फेस सिल्डसहित ५०० वटा सर्जिकल मास्क,सेनेटाईजर, डाबर नेपालको जुस, हिमालयको फेसवास, तेल, सैम्फुसहितका सामाग्री नेपाल प्रेस युनियनका उपमहासचिव सलोजा दाहाल, दिपा आले, कल्पना शर्मा र रोजी ढकाललाई हस्तान्तरण गरेका छन् ।
आवश्यकता अनुसार खाद्यान्नलगायत,स्वास्थ र दैनिक उपभोग्य सामग्री वितरण गरिरहेको पनि उनले स्पष्ट गरे । सो अवसरमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, उप-महासचिव सलोजा दाहाल, सचिवद्वय खिला कार्की, दिपा आले, केन्द्रीय सदस्य रोजी पराजुली, कल्पना भण्डारी र नेता शिव लम्साल तथा नेपालबहस डटकमका प्रधानसम्पादक एवं प्रकाशक इन्द्र रिजाल, गोरखापत्रका कार्यकारी सम्पादक शिव भट्टराईलगायतको उपस्थिति थियो ।
आज हस्तान्तरण गरिएको सामग्री नेपाल प्रेस युनियन आवद्ध महिला पत्रकारका लागि वितरण गरियो । सामाजिक सेवाभावले फाउन्डेसनले नेपालका पत्रकारसहित १० हजार नागरिक, अनाथ वालवालिकालाई लाखौंको राहत बितरण गरिएको सामाजिक अभियन्ता क्षितिज भण्डारीले बताए । नागरिकमा कोरोनाको मनोवैज्ञानिक त्रास हटाई, लकडाउनमा राहत दिन मन र शरीरको सुन्दरतालाई मुखतृत गर्न स्वास्थ्य सामाग्री बितरण गरिएकोप्रति नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सबैलाई धन्यवाद दिएका छन् ।
स्वर्गीय भण्डारी डोटीको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बीएसम्म अध्ययन गरि साहित्यकार तथा लेखिकाको रुपम कलम चलाउथिन् । कैलालीमा तत्कालीन नेपाली कांग्रेस नगर सभापति प्रकाशनारायण भण्डारीसँग बिवाह पश्चस्त दुई दशक नेपाल महिला संघ जिल्ला र केन्द्रको नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत रहेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार