धर्मरमा ओली सरकार
नेपालबहस संवाददाता
जेठ २९, २०७७ बिहिबार २३:३४:५५
२९ जेठ, काठमाडौं । चौतर्फी दवावका कारण लकडाउन खुकुलो पार्न सरकार बाध्य त भयो, तर प्रधानमन्त्री केपी ओलीमाथिको संकट भने अझै झांग्गिदै जान थालेको छ । झण्डै तीन महिना बिना तयारी गरिएको लकडाउनबाट आजित जनता ओलीविरुद्ध सडकमै उत्रिने क्रम तीव्र भएको छ ।
गएको साताबाट ओली सरकारबिरुद्ध स्वतस्र्फूत रुपमा देशव्यापी आन्दोलन सुरु भएको छ । आजै मात्र ओलीविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारमा मानव सागर नै उर्लिएको छ । पोखरा, विराटनगर जस्ता देशका ठूला शहर बजारमा समेत ओली सरकारको हुर्मत लिने गरी नाराबाजी भएका छन् । सरकारविरुद्ध देखिएको यो आक्रोशको व्यवस्थापन गर्न अब ओलीका अरिंगालहरुलाई हम्मे हम्मे नै पर्ने देखिएको छ ।
कसले गरेको हो आन्दोलन ?
सरकारको ज्यादतिप्रति आजित भएका नेपाली जनता स्वतस्फूर्त सडकमा ओर्लिएका छन् । यद्यपि ओली पक्षधर भने यसमा विरोधीहरुको हात रहेको ठानिरहेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सरकारले यति राम्रो काम गर्दा समेत विपक्षीलगायत केही तत्वले अनावश्यक विरोध जनाएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । साथै, पार्टीभित्रकै असन्तुष्ट नेताहरुको समेत हात हुनसक्ने संकेत उनले गरेका थिए ।
तर ओली सरकारप्रतिको पछिल्लो नाराबाजी विशुद्ध नेपाली जनताको अन्तर्मनबाट भएको हो । यसमा प्रतिपक्षी नेपाली कांग्रेस वा अरु कसैको नियोजित साथ वा समर्थन रहेको देखिंदैन । देशैभरि गरिएको प्रदर्शनको स्वरुप एकैखाले देखिन्छ । साथै, सबैले बिना उद्देश्यको लकडाउनको विरोध र पीसीआरको दायरा बढाउन प्रदर्शनकारीले माग गरेका छन् ।
दोहोरो चापमा ओली
एकातिर जनता सडकमा ओर्लिइसकेका छन् भने अर्कातिर नेकपाभित्रै ओलीको विकल्प खोजिएको लामो समय बितिसकेको छ । अहिलेसम्म विभिन्न कारणले ओली सरकारले संकटबाट उन्मुक्ति पाएपनि अब भने झनै गाह्रो भएको छ । जनता नै सडकमा ओर्लिएको अवस्थामा पार्टी भित्रका विरोधीको मनोबल थप चुलिएको छ । पार्टीभित्र चर्काे आलोचनाको शिकार भएका ओलीलाई सडकबाटै विस्थापित गर्ने आन्दोलनले अझै कमजोर बनाएको छ । सडकमा छचल्किएको असन्तुष्टीको समयमै व्यवस्थापन गर्ने ल्याकत ओलीसँग भएको देखिन्न । त्यसैले ओली सरकार अब सडक र पार्टी संयन्त्र दुबैतिरबाट नराम्रो पेलाईमा पर्ने देखिएको छ ।
आत्तिएको मनस्थिति
सरकारमाथि चौतर्फी आक्रमणको श्रुँखला बढेपछि ओलीको किचेन क्याबिनेट आत्तिएको छ । सरकार फेरि घेराबन्दीमा परेकाले अब भने बडो ध्यान पु¥याएर मात्रै कदम चाल्नुपर्ने पक्षमा ओली निकटहरु सजग भएका छन् । सडकबाटै आन्दोलनको ज्वारभाटा उठ्यो भने सरकार ठूलै संकटमा पर्ने सबैको ठहर छ । आन्दोलनकारीलाई तितरबितर पार्न पानीको फोहरा र अश्रुग्याँस छोडिएकोमा भोलि ठूलै दमन गनुपर्ने अवस्था आउन सक्ने ठम्याई उनीहरुको छ । त्यसैले अब भने सरकार थोरै लचकता साथ आउनैपर्ने पक्षमा ओली पक्षको सहमति छ । आन्दोलनका नाममा घुसपैठ बढ्यो भने पार्टीकै असन्तुष्ट पक्षको साथ र समर्थन रहने अनुमान गरिएको छ । त्यसैले यो संकटलाई समयमै संवोधन गरिहाल्न उनीहरु तयार रहेका छन् ।
के होला त अब ?
सडक र सदन दुबै मोर्चामा कमजोर अवस्थामा पुगेका बेला ओलीले संकटमोचनका लागि पार्टी गुहार्नुको बिकल्प देखिंदैन । लामो समयसम्म पार्टी बैठक छलेर एक्लै हिंडिरहेका ओलीले पार्टीभित्रको असन्तुष्टी मिलाएनन् भने सडकको दवाव थेग्न नसक्ने अवस्था निर्माण हुन सक्छ । बाहिर नदेखिएपनि भित्र भित्रै असन्तुष्ट नेताहरुको नैतिक समर्थन सडकका आन्दोलनकारीसँग नहोला भन्न सकिन्न ।
त्यो कुराको राम्रो हेक्का राखेका ओलीले अब पार्टीको बैशाखी टेक्नैपर्ने अवस्था आइसकेको छ । त्यसैले अब चाहिं ओलीले सचिवालय बैठक तुरुन्तै डाकेर पावर शेयरिङमा लचिलो हुनैपर्ने देखिएको छ । साथै, कतिपय राजनीतिक मुद्धामा समेत उनले अडान त्याग्नुपर्ने हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार