नगरपालिका गैह्रजिम्मेवार बन्दा क्वारेन्टाइन व्यवस्थापन अस्तव्यस्त, १८ जनामा कोरोना पोजिटिभ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १६:५८:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/CDO-police_m9gEs75xOO.jpg)
२९ जेठ, स्याङ्जा । गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेकामध्ये १८ जनामा कोरोना पोजिटिभ रिर्पोट आएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ४८ जनाको गत जेठ २१ गते र ६ जनाको २४ गते स्वाब संकलन गरिएको थियो । १८ जनामध्ये २ जना सरसफाईकर्मी समेत रहेका छन् । गत साता नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा हेलचक्रयाइ गरि दुषित पानी खुबाएको तथा सामाजिक दुरी कायम नभएको, खानपान राम्रो नभएको भन्दै आन्दोलनमा उत्रेका नागरिकहरुमा संत्रास थपिएको हो ।
भारत तथा तेस्रो मुलुकबाट भित्रने मानिसहरुलाई कोरोना संक्रमणको परिक्षण नहुने बेलासम्म राख्ने व्यवस्था गरिएका क्वारेन्टाइनहरुको व्यवस्थापनमा स्याङ्जाको गल्याङ नगरपालिकाले चासो नदिदाँ अस्तव्यस्त बनेको छ । क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई शुद्ध खानेपानी, शौचालय र बसाईमा कठिनाई भएपछि अस्तव्यस्त बनेको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका यतिबेला निकै चर्चामा छ । नगर स्वास्थ्य इकाई शाखाका प्रमुखले आत्महत्या गरेपछि यो नगरपालिका निकै चर्चामा रहेको हो । कर्मचारीलाई उच्च आत्मबल बढाएर काम गर्नुपर्ने यो महामारीमा स्वास्थ्य प्रमुखले आत्महत्या गर्नुले नगरपालिकाको व्यवस्थापन पक्ष निकै कमजार रहेको आंकलन स्थानीयहरुले गरेका छन् । त्यसमा पनि विदेशबाट आउने मानिसका कारण समुदायमा कोरोना संक्रमण नफैलियोस भनेर निमार्ण गरिएका क्वारेन्टाइनहरु अस्तव्यस्त हुदा गल्याङ् नगरपालिकामा सन्त्रास फैलिएको छ ।
गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सीमानामा रहेको गल्याङ् नगरपालिकाले यस्ता विषयमा चासो दिन नसकेको गुनासो आएपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गत आइतबार अनुगमन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीकै अगाडी क्वारेन्टाइनमा बसेका मानिसहरुले सुविधा नपाउँदा थप कोरोना संक्रमणको शिकार हुनुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका थिए । नगरपालिकाका जनप्रतिनिधिहरु गैह्र जिम्मेवार हुदाँ समस्या भोग्न बाध्य भएको उनीहरुले प्रजिअलाई गुनासो पोखेका थिए ।
भारतबाट बल्ल बल्ल आफ्नै नगरपालिका आएका छौं क्वारेन्टाइनमा बसेका एक युवकले प्रजिअलाई भने,“सीडीयो साप ! हामीलाई खानेपानी र शौचालयको समस्या भयो, पटक पटक गुनासो गर्दा पनि सुनुवाई भएन ।” कोरोना संक्रमणबाट बच्न सामान्य विधि पनि अपनाउने वातावरण नगरपालिकाले गरिदिएन, उनले भने । गल्याङ नगरपालिका १ मालुङ्गास्थित सार्वजनिक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्ने भारतबाट आएका मानिसहरुले स्याङ्जाका प्रजिअलाई गुनासो पोख्दै भने, महिला मैत्री क्वारेन्टाइन नहुँदा क्वारेन्टाइनमा बस्ने महिलाहरुलाई समेत समस्या देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी क्षेत्रीले तपाईहरुको समस्याको सम्वोधन तत्काल समाधान गर्न नगरपालिकालाई आग्रह गर्ने छु भनेर सम्झाए । यस्तो समस्या आउनु निकै दुखद हो प्रजिअ क्षेत्रीले भने,“नगरपालिकाले क्वारेन्टाइनमा बस्ने मानिसको उच्च मनोबल बढाउनु आवश्यक छ ।” सामान्य समस्यालाई नगरपालिकाले सम्वोधन नगर्नु गैह्र जिम्मेवारपन देखियो, यसलाई सुधार्नुपर्छ,उनले भने । गल्याङ् नगरपालिकामा भारतबाट आएका करिब २ सय नागरिक क्वारेन्टाइनमा बस्दै आएका छन् । गल्याङ् बहुमुखीमा बसेका नागरिकले त आन्दोलन नै गरेका थिए । धमिलो पानी खुवाएको र सम्मानजनक व्यवहार नभएको भन्दै आन्दोलन भएको थियो ।
भारत लगायत तेस्रो मुलुकबाट आउने मानिसहरुलाई विद्यालय र क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाको व्यवस्थापनमा लापरवाही भएपछि क्वारेन्टाइनमा बसेका मानिसहरुले आन्दोलन समेत गर्न बाध्य भएका थिए । अहिलेसम्म गल्याङ् नगरपालिकामा करिब २ सयको संख्यामा भारतबाट आएका मानिसहरु क्वारेन्टाइनमा बसेका छन् । ५४ जनाको पीसीआर समेत गरिएकोमा आज १८ जनामा पाेजिटिभ आएकाे छ । पीसीआर रिर्पोटमा एकैचाेटी १८ जनामा पाेजिटिभ देखिएपछि क्वारेन्टाइनमा बसेका मानिसहरुमा संत्रास सिर्जना भएको बताइएको छ । दुई प्रदेशको सीमानाका भएकाले व्यवस्थापनमा निकै कठिन भएको गल्याङ नगर प्रमुख भुपराज अधिकारीले बताए । आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राखेपनि उनीहरुको आत्मबल बढ्ने गरी सेवा सुविधाबाट बन्चित गरिनु हुदैन । यसतर्फ नगरपालिकाले बेलैमा सचेत बन्नु आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार