बाजुरामा चार दिनकी नवजात शिशुमा कोरोना
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार २:४:१५
२९ जेठ, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टाइनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।
ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । सुदूरपश्चिममा कुल संक्रमितको संख्या एक सय ९१ पुगेको छ । सुदूरपश्चिमको बाजुरामा एक जना, कैलालीमा ७ जना, बझाङ थलाराका एकजना, बित्थडका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । कैलालीका ७ संक्रमितमध्ये ६ जना गौरीगगाका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
सिरहाको वर्धमान अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क शल्यक्रिया
असार १०, २०८१ सोमबार
जनशक्ति अभाव हुँदा अस्पताल भवन प्रयोगविहीन
असार १०, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार