सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको राप्रपा अध्यक्ष राणाको टिप्पणी
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार २:१२:२३
२९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि दमन गरेर सरकारले लोकतन्त्र विरोधी चरित्र देखाएको भन्दै चिन्ता प्रकट गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको मनसाय जस्तै कोभिड–१९ विरुद्ध सशक्त व्यवस्थापन माग गर्ने जनतामाथि राजधानीमा पानी र लाठीको बल प्रयोग गरेर सरकारले अन्याय गरेको अध्यक्ष राणाको भनाइ छ ।
‘कोभिड–१९ विरुद्ध ध्यानकेन्द्रीत गरौं भन्ने प्रधानमन्त्री र शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकका उद्देश्य समान छ । जनहितको पक्षमा उभिएका नागरिकमाथि सरकारी दमन अन्यायपूर्ण छ । पानीको फोहरा र लाठी प्रहार संविधानप्रदत्त हक प्रतिकूल छ,’ उनले बिहीबार ट्वीट गर्दै भने ।
संविधान र लोकतन्त्रको आधारभूत मान्यता विपरीत सरकार असहिष्णु भएको भन्दै राणाले प्रश्न गरे, ‘सरकारको ध्यानसमेत आकर्षण गर्न नपाइने कस्तो लोकतन्त्र हो यो ?’ प्रकोप व्यवस्थापनको पछिल्लो गतिविधिबाट सरकार गलेको कुरा स्पष्ट भएको राप्रपा अध्यक्ष राणाले टिप्पणी गरे । सरकार स्वयम भगवान भरोसाको अवस्थामा पुगेको उनको भनाइ छ ।
‘कोरोना संक्रमित विरामी, लक्षण नदेखेपछि ४–५ दिनमै अस्पतालबाट घर फर्काउने नीति सुरू भएको छ । व्यापक जाँच आवश्यक भए पनि, परीक्षण गर्न नसक्ने अवस्था सरकार आफैंले स्वीकार गरेको छ,’ उनले भने । ‘ कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले यसरी हात उठाउनु, भगवान भरोसा नभए के हो ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार