मन्त्रिपरिषद् बैठकद्धारा स्थगित एसईई परीक्षा नगर्ने निर्णयको स्वागत
नेपालबहस संवाददाता
जेठ २९, २०७७ शुक्रबार २:५१:५७
२९ जेठ, काठमाडौं । शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसईईको परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकोमा स्वागत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधबारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्कपत्र दिने गरी निर्णय गरेको थियो । साथै आगामी दिनमा उक्त परीक्षाको प्रबन्धका लागि शिक्षा ऐनमा संशोधन गर्ने सरकारको तयारी छ ।
एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी सरकारको उक्त निणर्यले लाखौँ बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्ने जनाउँदै कक्षा १२ लाई मात्रै एसईई परीक्षाको मान्यता दिने गरी स्थगित अन्य परीक्षाका बारेमा चाँडै निर्णय गर्न आग्रह गरेको छ ।
सो अभियानले वैकल्पिक विधिबाट पठनपाठनका लागि विद्यालयका स्रोत साधन उपलब्ध गराउन र विद्यार्थी भर्नाका नाममा निजी विद्यालयमा देखिएको अन्योल चिर्न पनि सुझाव दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार