प्रदेश–२ : एक हजार ६०० सङ्क्रमित, ३० हजार ५४३ को स्वाब सङ्कलन
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १४:१२:३९
◊ धीरुभाइ
३० जेठ, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार एक हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र महोत्तरीबाट चार गरी २९ थपिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी गराए ।
यस प्रदेशबाट पछिल्लो २४ घण्टामा ८२ सङ्क्रमित उपचारपश्चात निको भएर घर फर्केका छन् । सोअनुरुप रौतहटको गौर नगरपालिकास्थित गौर नर्सिङ क्याम्पसमा सञ्चालित आइसोलेसनाबाट बिहीबार चार महिलासहित १७ निको भएर घर फर्केका छन् । त्यस्तै गरुडा नगरपालिकामा नेपाल प्रहरी विद्यालयको आइसोलेसनकक्षबाट ईश्नाथ नगरपालिकाका तीन महिलासहित ४०, बोधीमाई नगरपालिकाका तीन, मौलापुर नगरपालिकाका चार, कटहरिया नगरपालिकाका तीन र राजदेवी नगरपालिकाका एक महिलासहित तीन जना निको भएर घर फर्केका छन् । अहिलेसम्म यस प्रदेशबाट ३८१ स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
स्वाब र क्वारेन्टाइनको अवस्था
यस प्रदेशमा ३० हजार ५४३ को स्वाब सङ्कलन गरिएकामा १३ हजार ८४२ को रिपोर्ट नेगेटिभ आएको छ भने १५ हजार ९९ जनाको स्वाबको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै १३ हजार ७१६ को आरडिटीबाट परीक्षण गर्दा ६३९ को रिपोर्ट पोजिटिभ र १३ हजार ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस प्रदेशमा ४२८ क्वारेन्टिनमा १८ हजार ८९४, होम क्वारेन्टाइनमा आठ हजार ८१२ र आइसोलेसनमा ७०१ जना बसेका छन् ।
१७ जनाले जिते कोरोना
सप्तरी– कोरोना भाइरसको सङ्क्रमण देखिएका सप्तरीका १७ जना एकैपटक निको भएर बिहीबार घर फर्किएका छन् । भारतको दिल्ली, गुडगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डीगढ, गुजरात, राजस्थानमा मजदुरी गरी फर्किएका एक किशोरीसहित १५ युवा र क्वारेन्टिनमा खटिँदा सङ्क्रमित दुई प्रहरी आइसोलेसनबाट बिहीबार साँझ बिदा भएका हुन् ।
हरियाणाबाट आएका बोदेबर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले गाउँ आएको एक महिनापछि घर जाँदा खुशी लागेको बताए । आफ्ना कारणले घरपरिवार, समाजमा कोरोना फैलिन दिनु हुँदैन भनेर हरियाणाबाट गाउँ आए पनि सोझै क्वारेन्टाइनमा गएको उनले बताए। आइसोलेसनमा बसेको १५ दिनमा पिसीआर रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किन लागेको उनले जानकारी दिए ।
रामसहित बोदेबर्साइन नगरपालिकाका आठ, राजविराज नगरपालिका–१० का तीन, बलानबिहुल गाउँपालिकाका दुई, खडक र बिष्णुपुरका एकरएक तथा सुरुङ्गाको क्वारेन्टिनमा खटिएका सिरहा धनगढी–१० का प्रहरी सहायक निरीक्षक र बोदेबर्साइन क्वारेन्टिनमा खटिएका पर्सा जगरनाथपुर–६ का प्रहरी हबल्दारले कोरोना जितेका हुन् ।
उनीहरुलाई राजविराजस्थित साइकष्णा कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेसनमा राखिएको थियो । अस्पतालमा उपस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, कोभिड–१९ व्यवस्थापन इन्चार्ज डा रणजीतकुमार झा, डा जितेन्द्र यादवले बिदाइ गरे ।
स्वाब सङ्कलन स्थगित
धनुषा, प्रदेश नं २ को विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाबमध्ये आधा जतिको परीक्षण परिणाम नआएकाले बिहीबारदेखि नयाँ स्वाबको सङ्कलन स्थगन गरिएको छ । प्रदेश नं २ सरकारले विभिन्न क्वारेन्टाइनमा रहेका र शङ्कास्पद व्यक्तिको सङ्कलन गरिएको स्वाबमध्ये आधाको परिणाम आउन नसकेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ मा हालसम्म ३० हजार ५४३ को स्वाब सङ्कलन गरेकामा १५ हजार ९९ जनाको स्वाबको परिणाम नआएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका उपनिर्देशक एवं वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । अहिले प्रदेश नं २ का विभिन्न क्वारेन्टिनमा १८ हजार ८९४ छन् भने होमक्वारेन्टिनमा आठ हजार ८१२ रहेको बेलामा स्वाब परीक्षणमा भएको ढिलाइका कारणले हालका लागि स्वाब सङ्कलन रोकिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार