सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १५:९:४४
३० जेठ, सल्यान । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ । यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ ।
कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो । कर्णाली प्रदेश सरकारको रु ७५ लाख र सिद्धकुमाख गाउँपालिकाको रु एक करोड २५ लाख लागतमा सडक निर्माण गरिएको हो । सिद्धकुमाख गाउँपालिकाको ढोरचौर, उचाल्ने खार्वन हुँदै सागिनेसम्मको सडक निर्माण गरेपछि वैकल्पिक सडक निर्माण पूरा भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चालाउनेले जानकारी दिए ।
जिल्लामा सदरमुकाम खलङ्गाबाट बालुवासङ्ग्रही सडकको प्रयोग गरेर मात्रै सुर्खेत जान सकिने अवस्था भए पनि अब खलङ्गामा नगएरै सिधैँ ढोरचौर सल्लीबजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिए । “सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्र्याक खोलिएको छ, अहिले साना सवारी साधन चलिरहेका छन्”, अध्यक्ष चलाउनले भने ।
सडक निर्माण शुरु गरेको तीन वर्षपछि सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाका वडा नं ४ मा पर्ने सागिने पनि पहिलोपटक सडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् ।
भौगोलिक विकटताका बाबजुद पनि सडकको ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको स्थानीय घनबहादुर चलाउनेले बताए । गाउँ सडक सञ्जालमा जोडिएसँगै प्रदेश राजधानी जाड्ने मार्ग पनि यही भएकाले गाउँपालिकाको महत्वपूर्ण सडक भएको उनको भनाइ छ । प्रदेश राजधानी जोड्न यो सडक निकै छोटोमार्ग भएको उनले जानकारी दिए ।
वैकल्पिक सडकको निर्माण काम सकिएपछि अब स्तरोन्नतिको लागि सरकारले तत्काल काम शुरु गर्नुपर्ने स्थानीयको भनाइ छ । वनगाडखोला, डाँसीखोलालगायतका खोलामा पक्कीपुलसँगै बाह्रै महिना गाडी सञ्चालनका लागि सडक स्तरोन्नतिको काम अगाडि बढाउनुपर्नेमा स्थानीयको जोड रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार