बुटवल उपमहानगरपालिकाले सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण

नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १९:१४:५४

३० जेठ बुटवल । बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन सो उपमहानगरपालिकाले खाद्य सामग्री वितरण गरेको हो ।
आव २०७५/७६ देखि नै नमूना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम शुरु भएको थियो । जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडालाई लक्षित गरेर विभिन्न ठाउँमा फिवर क्लिनिकसमेत सञ्चालनमा छन् । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताए।
स्वास्थ्य सुरक्षा प्रबन्धसहित सामाजिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए । लकडाउनको अवधिमा पनि ८१ जना आर्थिकरुपमा विपन्न तथा श्रमिक गर्भवती तथा सुत्केरीको घरमै पुगेर सेवा दिइएको जनाइएको छ ।
उनीहरुलाई क्याल्सियम, आइरन, आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो, चामललगायतका पौष्टिक आहार उपलब्ध गराइएको छ । त्यसैगरी स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच र परामर्शसमेत दिइएको उनले जानकारी दिए ।गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन सो कार्यक्रम सञ्चालन भएको थियो । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिकरुपमा पुगेर स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ ।‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको यो कार्यक्रमअन्तर्गत दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएको उपमहानगरका शिक्षा तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार