अब जनता बालुवाटार भित्रै पस्नेछन्, त्यसले मात्रै छिनोफानो गर्नेछः कांग्रेस युवानेता भण्डारी
कुसुम सेञ्चुरी
जेठ ३०, २०७७ शुक्रबार २२:३२:१०
ओठमुुख सुुकेको ओली सत्ता
३० जेठ, काठमाडौं । अहंकार र ज्यादतीले सीमा काटेपछि प्रतिक्रिया आउने प्राकृतिक नियम हो । महान वैज्ञानिक सर आईज्याक न्यूटनको सिद्धान्तले भन्छ– तिमी जस्तो क्रिया गर्छाै, त्यसको प्रतिक्रिया त्यस्तै आउने हो । जसरी एउटा भकुण्डोलाई जुुन रफ्तारमा फ्याँकिन्छ, त्यो त्यही रफ्तारमा फर्कने हो । नेपालको राजनीतिमा अहिले ठीक त्यही सिद्धान्त लागूू भएको छ ।
सरकार विरुद्ध स्वतस्फूूर्त नाराबाजी र जुुलुुस निस्किन थालेका छन् । राजधानी लगायत देशमा प्रमुुख शहरहरुमा युुवा जमात आफ्से आफ सडकमा उत्रिएको अवस्था छ । प्रधानमन्त्री केपी ओली सरकारले लगभग तीन महिना लकडाउन ग¥यो । यस अवधिमा कोरोना संक्रमण न्यूूनीकरणको कुुनै योजना वा कार्यक्रम बनाइन । केवल सत्तामाथिको संभावित संकटमोचन गर्ने हतियारका रुपमा मात्रै लकडाउनको प्रयोग भयो ।
त्यसैको प्रतिक्रिया स्वरुप युुवा जमात सडकमा ओर्लिएको छ । गएको एक साता यता भएका प्रदर्शन ज्यादै भव्य र सभ्य छन् । लोकतान्त्रिक हक अधिकारको प्रयोग गर्र्दै युुवा जमात शान्तिपूूर्ण आन्दोलनमा होमिएको छ । तर कम्युुनिष्ट सरकार शान्तिपूूर्ण विरोधबाट तर्सिएको छ, हच्किएको छ । प्रदर्शनकारीले उठाएका मुुद्धा नेपाल र नेपाली जनताको हक अधिकारसँग गाँसिएका छन् । लकडाउन गरेर जनता थुन्ने, नेताहरु भने सत्तको राजनीतिमा डुुबुुल्की मार्ने ? यस्ता जायज प्रश्न गरिएको छ ।
यस्तो धम्कीले युुवा जमातलाई थप भड्काउने छ – राजनीतिक विश्लेषक डा. सुुरेन्द्र केसी भन्छन् । ओली सरकार आगोमा झोसिन गएको पुुलती जस्तो हुुने अवस्था देखिएको छ भन्दै उनले पार्टीले गलहत्याउन नसकेपछि युुवा जमातले ठेगान लगाउने अवस्था आएको बताए । हरेक कुराको अन्त्य हुुन्छ, प्रकृतिको नियम नै त्यही हो – डा. केसी भन्छन् ओली सरकारको पतन अवश्यम्भावी थियो, अब त्यसको उचित व्यवस्थापन हुने बेला यही हो ।
कोरोना रोकथामका लागि सरकारले १० अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको खबर आयो, तर कोरोना संक्रमण भने अझै थपियो । न स्वास्थकर्मीले उपकरण पाए, न त संभावित संक्रमितको पीसीआर परीक्षण नै गरियो । क्वारेण्टाइनका नाममा मानिसलाई भेडाबाख्रा भन्दा खराब अवस्थामा राखियो । तर पैसा भने यत्रो खर्च । आजको युुवा जमातले देशको भविष्यप्रति चासो राख्नुु राम्रो पक्ष हो । हजुुरबा पुुस्ताबाट जथाभावी राज्यको स्रोतको दोहन हुँदा प्रश्न उठाउने काम युुवा वर्गबाट भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सामग्री र औषधि किन्दा गरेको ब्रम्हलुुटको हिसाब खोज्ने काम यही पुुस्ताको हो ।
त्यसैले युुवा जमातले आफ्नो सुुरक्षित भविष्य खोज्न देखाएको चासो एकदमै ठीक छ – नेपाली कांग्रेसका युुवा नेता क्षितिज भण्डारी भन्छन् । सत्तामा बसेकाहरुले देश र जनताप्रति जिम्मेवारीबोध नगरेपछि यस्ता प्रतिक्रिया स्वभाविक रुपमा आउने गर्छन् – भण्डारीको बुुझाई छ । सरकारले गलत गर्दा खबरदारी गर्ने काम प्रतिपक्षी दलको हो, तर जनतामा प्रतिपक्षी दलले समेत बलियो विश्वास दिलाउन सकेको छैन । यस्तो अवस्थामा प्रकृतिले आफ्नो बाटो खोजेजस्तो एउटा दिशा त लिनै पर्ने थियो । त्यसैले युवा जमात सडकमा ओर्लिएका छन् । ओली सरकारको ज्यादती चरमचुलीमा पुुगेका बेला नागरिक सडकमा ओर्लनु स्वभाविक हो – कांग्रेस युुवा नेता भण्डारी भन्छन्– यही अवस्था रह्यो भने अब जनता बालुवाटार भित्रै पस्नेछन्, त्यसले मात्रै छिनोफानो गर्नेछ ।
पार्टीमा कुुनै छलफलै नगरी आफूूखुुशी काम गर्ने शैली र प्रवृत्तिले नै ओली सरकारप्रति असन्तोष चुुलिएको उनको तर्क छ । पार्टी निकायमा केही छलफल नगरी सानो कोटरीमा बसेर निर्णय लिने प्रवृत्तिले सम्पूूर्ण पार्टी पंक्ति बदनाम र अलोकप्रिय हुने अवस्था आएको छ भन्दै नेतृ झाँक्रीले संभावित दुुष्परिणामको भागीदार चाहिं पार्टी हुुनुुपर्ने दुुर्भाग्यपूूर्ण अवस्था आएकोमा चिन्ता प्रकट गरिन् ।
युुवा जमातले आफ्नो भविष्य सुुरक्षित राख्न चिन्ता देखाएपछि ओली सरकार भने अझै त्रस्त भएको छ । त्यसैले संक्रमण ऐन बमोजिम प्रदर्शनकारीलाई पक्राउ गरी जेलनेल हाल्ने धम्की दिन थालेको छ । यस्तो धम्कीले युुवा जमातलाई थप भड्काउने छ – राजनीतिक विश्लेषक डा. सुुरेन्द्र केसी भन्छन् । ओली सरकार आगोमा झोसिन गएको पुुलती जस्तो हुुने अवस्था देखिएको छ भन्दै उनले पार्टीले गलहत्याउन नसकेपछि युुवा जमातले ठेगान लगाउने अवस्था आएको बताए । हरेक कुराको अन्त्य हुुन्छ, प्रकृतिको नियम नै त्यही हो – डा. केसी भन्छन् ओली सरकारको पतन अवश्यम्भावी थियो, अब त्यसको उचित व्यवस्थापन हुने बेला यही हो । युुवा जमातसँग जोरी खोज्दा कस्को के हविगत भएको छ, त्यो ओलीलाई हेक्का भएन जस्तो छ, अब चाहिं यही आन्दोलनको भेलले उनको सत्ता हल्लाई दिनेछ–डा. केसी भन्छन् ।
ओली सरकारको रवैयाप्रति पार्टी भित्रै ठूलो आलोचना भइरहेको छ । तर शीर्ष नेताहरु केही गर्न सक्ने अवस्थामा छैनन् । सबै उपयुुक्त मौका पर्खेर बसेका छन् । सरकार विरुद्ध सडकमा उर्लिएको जनसागरले कुुन स्वरुप लिने हो, उनीहरुले अनुमान गर्न सकिरहेका छैनन् । त्यसैले केही समय पर्ख र हेरको अवस्थामा रहेको बुुझ्न सकिन्छ । सडक र पार्टी दुुवै मोर्चामा ओलीविरुद्ध आन्दोलनको ज्वारभाटा चर्कियो भने कुुन रुप लिने हो भन्न कठिन छ ।
सरकारले पार्टीको भावना र चाहना विपरित काम गरेकाले नै यस्तो अवस्था निर्माण भएको हो – नेकपाकी युवा नेतृ रामकुुमारी झाँक्रीको ठहर छ । पार्टीमा कुुनै छलफलै नगरी आफूूखुुशी काम गर्ने शैली र प्रवृत्तिले नै ओली सरकारप्रति असन्तोष चुुलिएको उनको तर्क छ । पार्टी निकायमा केही छलफल नगरी सानो कोटरीमा बसेर निर्णय लिने प्रवृत्तिले सम्पूूर्ण पार्टी पंक्ति बदनाम र अलोकप्रिय हुने अवस्था आएको छ भन्दै नेतृ झाँक्रीले संभावित दुुष्परिणामको भागीदार चाहिं पार्टी हुुनुुपर्ने दुुर्भाग्यपूूर्ण अवस्था आएकोमा चिन्ता प्रकट गरिन् ।
देशव्यापी रुपमा बढेको यो आक्रोशपूूर्ण आन्दोलनले कुुन दिशा पक्रने हो भनेर स्वयं ओलीका आसेपासे नै अन्यौलमा छन् । कतिपयको बुुझाईमा यो भारतीय पक्षको घुुसपैठियाको काम हो । हिन्दूू धर्म पक्षधर र सीमा विवादमा सरकारलाई झुुकाउन खेलिएको घृणित खेल हो भन्ने पनि ओलीका किचेन क्याबिनेटमा रहेका छन् । साथै, कतिपयले त प्रतिपक्षी दलको उक्साहटमा आफ्नै पार्टी नेताहरुको समेत भित्री साँठगाँठमा प्रायोजित रुपमा जुुलुुस र नाराबाजी गरिएको भनेका छन् ।
तर, कांग्रेस युुवा नेता भण्डारी भन्छन्– यो विशुुद्ध नेपाली युुवाहरुको आवाज र भावना हो । यसलाई सरकारी पक्षले राजनीतिक रंग दिने प्रयास गरिएकाले आउने परिणाम पनि राजनीतिक नै हुनेछ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार