राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार २२:५०:४२
३० जेठ, काठमाडौं । राष्ट्र बैंकका ५ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएकाे छ । गभर्नर महाप्रसाद अधिकारीले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् ।
राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । यसरी जिम्मेवारी हेरफेरमा पर्ने कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा छन् ।
यसअघि राष्ट्र बैंकको आन्तरिक लेखापरीक्षण विभागमा रहेका भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाललाई भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ । त्यस्तै, केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका विश्रुत थापालाई आन्तरिक लेखापरीक्षण विभागमा पठाइएको छ । उनी यसअघि मुद्रा व्यवस्थापन विभागमा थिए ।
उता, वित्त कम्पनी सुपरीवेक्षण र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक एकअर्काको जिम्मेवारीमा साटफेर भएका छन् । यसअघि वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ । त्यस्तै जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।
रामु पौडेल र विश्रुत थापा केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । भुवन कँडेल र पिताम्बर भण्डारी लामो समयदेखि सोही विभागमा थिए । रेवती नेपाललाई भने केही महिना अघि मात्रै भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार