सरकार करसम्बन्धी आदेश खारेजीको माग गर्दै सर्वोच्च गयो
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शनिबार ०:३४:२३
३० जेठ, काठमाडौं । लकडाउन खुलेको ३० दिनसम्म कर विवरण र कर बुझाउन मिल्ने व्यवस्था गर्नु भन्दै सर्वोच्च अदालतले दिएको आदेश खारेज गर्न माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले निवेदन दिएका छन्।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार आदेश कानुनीरूपमा त्रूटीपूर्ण भएको र कोभिड संकटमा राजस्व उठाउन पनि नपाउने आदेशले अर्थ व्यवस्थालाई नकारात्मक असर गर्ने भन्दै भ्याकेट दर्ता गर्ने निर्णय भएको हो।
बुधबार सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनसम्म कर र करको विवरण बुझाउन सक्ने व्यवस्था गर्नु भन्दै अर्थमन्त्रालय र राजस्व विभागलाई आदेश दिएको थियो।
‘आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेसम्म कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी गरिएको सूचना लकडाउनको अवधिसम्म कार्यान्वयन नगरी पूर्ण रूपमा खुलेपश्चात बाटोको म्यादबाहेक ३०दिनभित्र बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु,’ सर्वोच्चको आदेशमा भनिएको थियो।
यसअघि सरकारले सुरूमा जेठ २५ सम्म कर तिरिसक्नु भनेको थियो। चौतर्फी विरोध भएपछि उक्त समयावधि सारेको छ। लकडाउन खुलेपछि पनि सामाजिक दूरी कायम गर्ने लगायतका कोरोना संक्रमणबाट बच्ने उपाय अपनाउन र अवस्था हेरी कर र विवरण बुझाउने प्रकृया सरलीकृत गर्न पनि सर्वोच्चले भनेको थियो।
पेशा व्यवसाय र उद्योगहरू सञ्चालनमा आउने कठिनाइलाई मध्य नजर गरेर लकडाउन खुलेपछि पनि करदातालाई दिइने अवधिको न्यायोचित पुनरावलोकन गर्न सर्वोच्चले भनेको थियो।
‘लकडाउन पूर्णरूपले खुलेपश्चात पुनस् नयाँ परिस्थिति सिर्जना भई देशभर वा कुनै खास क्षेत्रमा प्रतिकूल अवस्था देखिएको कारण करदाताहरूले आआफ्नो पेशा रोजगार उद्योग व्यापार तथा व्यवसायीको सञ्चालनमा कठिनाइ देखिन आएमा न्यायोचित तवरले उपरोक्त बमोजिमको अवधिहरू पुनरावलोकन गरी पुन नयाँ समयावधि तोक्नेतर्फ आवश्यक व्यावस्था मिलाउनू,’ सर्वोच्चको आदेशमा उल्लेख थियो।
सरकारले जेठ २० गते सूचना जारी गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाइसक्न करदातालाई भनेको थियो। यो म्याद पछि बढाएर असार ७ गतेसम्म पुर्याइएको थियो।
कोरोना जस्तो संक्रामक रोग फैलिएका कारण भएको लकडाउनको समयमा करदाताहरू कर तिर्न जानै नसक्ने हुँदा लकडाउन सकिएको ३० दिनभित्र कर बुझाउन मिल्ने गरी आदेशको माग गर्दै अधिवक्ता अधिकारीले रिट दायर गरेकी थिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार