आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शनिबार ०:४२:४
३० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल’ गठन गरेको छ ।
मन्त्रालयका सहसचिव डा गुणराज लोहनीको संयोजकत्वमा गठित १३ सदस्यीय कार्यदलले यस क्षेत्रको प्राथमिकता र सम्भावनाका बारेमा अध्ययन गरी सुझाव दिनेछ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट सो कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आयुर्वेद र जडीबुटीको सम्भावना र उपयोगलाई उजिल्याउन आग्रह गर्दै आएका बेला मन्त्रालयले यो कार्यदल गठन गरेको हो ।
कार्यदलमा विशेष सदस्यमा प्रा डा देवबहादुर रोक्का, मन्त्रालयका जनस्वास्थ्य विज्ञ डा खेमबहादुर कार्की, सदस्यहरुमा मन्त्रालयका डा रुपेन्द्र पुरी, आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका प्रमुख डा सन्तोष ठाकुर, आयुर्वेद क्याम्पसका प्रमुख डा शिव मङ्गल, सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पतालका प्रमुख डा प्रदीप केसी, आयुर्वेद चिकित्सा अस्पतालका कार्यकारी निर्देशक डा राजकिशोर साह छन ।
यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक रामआधार यादव, आयुर्वेद चिकित्सक सङ्घका डा प्रकाश ज्ञवाली र सदस्यसचिवमा मन्त्रालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा बाबुराजा अमात्य रहेका मन्त्रालयका स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारी जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार