ओलीको शैली र चरित्रमा सुधार नआए सरकार ढाल्ने चेतावनी : प्रवक्ता शर्मा
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शनिबार ०:५८:२१
३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारको शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिन सक्ने चेतावनी दिएको छ । कांग्रेसले सरकारविरुद्ध स्वतःस्फूर्त देशका विभिन्न सहरहरुमा दिनप्रतिदिन हुँदै गएका आन्दोलनतर्फ इंगित गर्दै शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने चेतावनी दिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्वतः स्फूर्त भइरहेको आन्दोलनको तस्बिर ट्विटरमा राख्दै लेखेका छन्, “परीक्षण सुस्ततादेखि कात्रोमा भ्रष्टाचारसम्मको प्रश्नले धैर्यको बाँध टुट्दैछ । सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिनेछ नै ।”
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनकारीमाथि कारबाही गर्ने चेतावनी नदिन पनि सुझाएका छन् । “आन्दोलन गर्नेलाई कारबाहीको चेतावनी होइन, आफैलाई प्रश्न गर्नोस् @Pm_Nepal,कोरोनाको डर मारेर किन कोही सडकमा निक्लन आतुर छ ? ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
अमेरिकी डलरसहित युरो र पाउण्डको पनि मूल्य बढ्यो
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार