आज संसदमा संविधान संशोधन विधेयकमाथि मतदान हुने
नेपालबहस संवाददाता
जेठ ३१, २०७७ शनिबार १५:४३:२१
३१ जेठ, काठमाडौं । नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकमा शनिबार मतदान हुँदैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा मतदान हुने कार्यसूचि छ ।
दलहरुसँगको परामर्शपछि सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने गरी बैठक बोलाएका हुन् । संसद सचिवालयलाई त्यसको तयारी लगभग पूरा भएको जनाएको छ । संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिएको छ । सरकारले त्यस लगत्तै मतदान गरी टुंग्याउन लागेको हो ।
संशोधनका लागि पूरा गर्नु पर्ने सबै प्रक्रिया नियम निलम्बन नगरी पूरा गर्ने तर अतिरिक्त समय बेतित नगर्ने सरकार र दलहरुको चाहना अनुसार संशोधनका लागि दिइएको समय सकिने वित्तिकै विधेयक अघि बढाउन लागिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सत्तारुढ नेकपाले सदनमा हुने संविधान संशोधनसँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरिसकेको छ । त्यस्तै विपक्षी नेपाली कांग्रेसले पनि पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विधेयकमाथि विशेष समिति गठन गरेर छलफल गर्न सकिने भए पनि दलहरु सदनमै छलफल गरेर टुंग्याउन तयार भएका छन् ।
प्रतिनिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधन दर्ता गराउने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। उक्त छलफलमा संसदका ८४ जना सांसदले भाग लिएका थिए । शनिबार दिउँसो १ बजे सुरु हुने बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्ने छिन् ।
दफावार छलफलमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। छलफलपछि कानुन मन्त्रीले नै ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछिन् । संविधान संशोधन विधेयकमाथि हस्तक्षरसहितको मत विभाजन हुनेछ । संशोधनको पक्षमा दुई तिहाइ अर्थात् २७५ सदस्यीय प्रतिनिसभामध्ये एक सय ८४ जना सांसदको समर्थन चाहिन्छ । सबै दलले संशोधनको पक्षमा मतदान गर्ने घोषणा गरिसकेकाले विधेयक पारित हुने निश्चित जस्तै छ ।
विधेयकमा समाजवादी जनता पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी छन् । पार्टीले उनलाई सो संशोधन प्रस्ताव फिर्ता लिन भने पनि उनले मानेकी छैनन् । त्यसबारे छलफल गर्न सजपाको संसदीय दलको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।
संविधानको अनुसूचि ३ मा रहेको निशासन छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, कुटी, गुञ्जीसहितका भू–भाग समेट्न सरकारले जेठ ९ गते संविधान संशोधन विधेयक सचिवालयमा पेश गरेको थियो । संघीय संसद सचिवालयले जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । सूचना प्रकाशित गरेको सात दिनको अवधि पूरा भएसँगै मंगलबार विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
शनिबार प्रतिनिधिसभाले विधेयक पारित गरेपछि आइतबार बस्ने राष्ट्रियसभाको बैठकमा सूचनासहित विधेयक पेश हुनेछ । राष्ट्रियसभा स्रोतका अनुसार प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टको समय दिइनेछ ।
७२ घण्टको समय सकिएपछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए । राष्ट्रियसभा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार