युरोपले गर्यो खोप तयार भए लगत्तै ४० करोड डोज पाउने गरी सम्झौता
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १४:३१:३४
३२ जेठ, एजेन्सी । युरोपेली देशहरुले कोरोना भाइरसको खोप तयार भए लगत्तै कम्तिमा ४० करोड डोज आफूहरुले पाउने गरी सम्झौता गरेका छन् ।
युरोपेली देशहरुको प्रतिनिधि संस्था र बेलायती–स्वीडिस औषधि उत्पादक बहुराष्ट्रिय कम्पनी एस्ट्रोजेनेकाबिच शनिबार भएको सम्झौता अनुसार कोरोना भाइरसको खोप बने लगत्तै युरोपेली देशले ४० करोड डोज प्राप्त गर्ने छन् । जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्डसको नेतृत्वमा रहेको युरोपको इन्क्लुसिभ भ्याक्सिन अलायन्स र एस्ट्रोजेनेकाबिच सम्झौता भएको हो ।
सम्झौता अनुसार खोप तयार भए लगत्तै कम्पनीले ४० करोड डोज युरोपलाई प्रदान गर्ने छ । सो खोप युरोपियन युनियनका देशहरुमा वितरण गरिने छ । एस्ट्रोजेनेकाले कम्पनीबाट हुने खोपको उत्पादन क्षमता बढाउने प्रयास गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप तयार भएपछि आफूहरुले बिना कुनै नाफा आपूर्ति गर्ने जनाएको छ ।
यो वर्षको अन्त्यसम्ममा खोप तयार भएर आपूर्ति सुरु हुने अपेक्षा रहेको एस्ट्रोजेनेकाले बताएको छ । कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले सम्झौता अनुसार सबै कुरा अहिले सोचिजसरी अघि बढ्यो भने युरोपका करोडौँ मानिसले खोप प्राप्त गर्ने सुनिश्चित भएको बताए ।
कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा हालसम्म प्राप्त तथ्यांकका तथ्यहरुका आधारमा प्रभावकारी खोप चाँडै नै तयार हुने अपेक्षा गर्न सकिने उनको भनाई छ । युरोपका सबै देशमा खोप समान रुपले पुगोस् भन्नका लागि सो सम्झौता गरिएको र भविष्यमा पनि सो क्रममा जारी रहने पास्कलको भनाई छ । तत्कालका लागि ४० करोड डोज खोपका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्डसले पैसा दिने छन् । तर अरु देश पनि सो अलायन्समा सामेल हुन सक्ने जनाइएको छ ।
कोरोना भाइरसविरुद्धको खोप अहिले नै तयार भने भएको छैन । विश्वभरका वैज्ञानिकहरु तीव्र गतिमा खोप बनाउनका लागि प्रयासरत छन् । कम्तिमा १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको चरणमा छन् । केही खोपहरु भने दोस्रो चरणको परीक्षण पूरा गरेर तेस्रो चरणको बृहत परीक्षणको संघारमा पुगेका छन् ।
प्रारम्भिक नतिजामा संभावित खोपहरु सुरक्षित र प्रभावकारी देखिएकाले यो वर्षको अन्त्य वा आउँदो वर्षको सुरुमा खोप तयार हुने अपेक्षा वैज्ञानिकहरुको छ । एस्ट्रोजेनेकासँग अमेरिकाले यसअघि नै सम्झौता गरेको थियो । सो सम्झौता अनुसार कम्पनीमा अमेरिकाले एक अर्ब २० करोड डलर लगानी गर्ने छ र खोप बने लगत्तै कम्पनीले अमेरिकालाई ३० करोड डोज खोप उपलब्ध गराउने छ ।
सुरुवाति परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकको टोलीले बनाइरहेको खोपको उत्पादन इजाजत एस्ट्रोजेनेकासँग रहेको छ । सो खोपको नाम एजेडडी १२२२ रहेको छ ।
सो खोप सुरुका दुई चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएपछि बेलायतको ब्रिटिस मेडिसिन्स एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार