प्रदेश २ मा थप ३४ जनामा कोरोनाकाे पुष्टि
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १६:५२:५९
३२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो । पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन्, उनीहरुलाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।
पर्साको पोखरिया क्वारेन्टाइनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टाइनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।
विन्दबासिनी क्वारेन्टाइनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टाइनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टाइनमा २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रिपोर्ट ढिलो आएको भन्दै धोविनी क्वारेन्टाइनमा ४४ जना भागेर घर पुगेका थिए । पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो । पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । रौतहट र सर्लाहीका संक्रमितको थप विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी
कात्तिक २८, २०८१ बुधबार
महानगरले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटर निर्माण गरिदिने
कात्तिक २७, २०८१ मंगलबार
कान्ति बाल अस्पताललाई काठमाडौं महानगरको सहयोग
कात्तिक २७, २०८१ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार