चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गरायो सरकारको ध्यानाकर्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १७:५४:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/sugar_NoLekNo2VA.jpg)
३२ जेठ, ललितपुर । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशिल संस्था राष्ट्रिय उपभोक्ता मञ्चले बजार स्थितिबारे गरिएको अन्वेषनका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा प्रेषित पत्रमा चिनीको अभाव हुन नदिन चिनीको आपूर्ति व्यवस्थापन सहज गर्दै सुलभ मूल्यमा उपलव्ध गराउन माग गरिएको छ ।
पत्रमा आम नागरिकको लागि आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत नरहेको उल्लेख गर्दै बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक क्रियाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेका घटनाहरु हुँदै आएको निवेदन गरेको छ । मञ्चले अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खाद्यान्नको अभाव नरहेको औल्याउदै बिगतका बर्षहरुदेखि नै समस्याको रुपमा रहेको चिनीको उत्पादन, आपूर्ति व्यवस्थापन तथा बितरण प्रणालीमा यस बर्ष पनि समस्या आउने सम्भावना प्रवल रुपमा देखिएको उल्लेख गरेको छ ।
मञ्चले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग चिनीको मौज्दात सिमित रहन गएको र आन्तरिक उत्पादनको चिनी पनि अत्यन्त कम मात्रामा मौज्दात रहेको भन्ने बिश्वस्त शुत्रबाट जानकारी हुन आएको बताउदै यस अवस्थाले बजारमा चिनीको अभाव हुने कुराको पुष्टी हुन्छ भन्ने बोध गराएको छ । साथै स्वदेशी उद्योगीहरुले बिदेशबाट आयात हुने चिनीमा अत्याधिक भन्सार महसुल लगाउन अनुचित दवाव दिनाले आयातित चिनीको मूल्य समेत बृध्दि हुन जाने सम्भावनाले थप चिन्ता लिनुपर्ने अवस्था आएको व्यहोरा प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ ।
’नेपालमा चिनीको बार्षिक आवश्यकता करिब २८० हजार मेट्रिक टन रहेकोछ भने स्वदेशी चिनी उद्योगहरुले यस बर्ष करिब १८० हजार मेट्रिक टन मात्र उत्पादन गर्न सकेको देखिन्छ । मागको तुलनामा उत्पादन करिब १०० हजार मेट्रिक टन न्यून हुन जाँदा बजारमा आपूर्ति व्यवस्थापन गर्न एक मात्र बिकल्पको रुपमा तेश्रो बजारबाट आयात गरी आपूर्ति व्यवस्थापन सहज गर्नुपर्ने देखिन्छ । अहिले तेश्रो बजारमा स्वदेशी चिनीको मूल्यको तुलनामा अत्यन्त सस्तो रहेकोछ । बिश्व बजारमा गुणस्तरीय चिनी प्रति किलो ५५ रुपैयाँ खुद्रा मूल्यमा पाउने अवस्था बिद्यमान रहेको र स्वदेशी उद्योगीहरुले समेत यस बर्ष करिब ४० हजार मेट्रिक टन चिनी आयात गरी आपूर्ति व्यवस्थापन गर्नुपर्ने कुरा आपूर्ति मन्त्रालयका जिम्मेवार पदाधिकारीहरुलाई अवगत गराई सकेको अवस्थामा सस्तो दरमा गुणस्तरीय चिनी आयात गर्ने उपयुक्त समय अहिले नै भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।’ मञ्चद्वारा प्रेषित पत्रमा भनिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग स्टकमा रहेको चिनी सिध्दिन लागेपछि बजारमा कृत्रिम अभाव श्रृजना गरी मूल्यबृध्दि र कालोबजारी गर्ने व्यवसायीहरुको बिगतको परम्परा यस बर्ष पनि दोहरिन सक्ने सम्भावनालाई औंल्याउदै मञ्चले आम उपभोक्ताको हितको लागी समयमा नै पर्याप्त चिनीको आपूर्ति व्यवस्थापन गरी सर्वसाधारणले सहज रुपमा पाउने व्यवस्था गरी पाउ भन्दै प्रधानमन्त्रीसँग आग्रह गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार