महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १८:३९:५
३२ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका भैरहवा र नारायणगढ शाखाले क्रमश. रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा न. ९ मा अवस्थित भानु माध्यामिक विद्यालयमा र चितवनको भरतपुर महानगरपालिका वडा न. ११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि रु. एक लाख पचास हजार रुपैयाका दरले जम्मा रु. तीन लाख रुपैयाको आर्थिक सहयोग प्रदान गरेका छन ।
यहि जेठ २९ गते भानु माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।
त्यसैगरी यही जेठ ३० गते महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक वीरेन्द«कुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका छन् । उल्लेखित कार्यक्रमहरुमा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार