सुदुरपश्चिम र कर्णाली प्रदेशका अनाथ बालबालिकालाई खाद्यान्न, जुस र सौन्दर्य सामाग्री वितरण
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार १९:१३:१८
३२ जेठ, ललितपुर । हरिप्रिया प्रकाश फाउन्डेसनबाट काठमाडौं र ललितपुरका विभिन्न स्थानमा रहेका अनाथ, बिपन्न र दलित समुदायका बालबालिका अनि विद्यार्थीहरुसहित सुदुरपश्चिम र कर्णाली प्रदेशका नागरिकलाई खाधान्न, जुस, स्वास्थ्य र सौन्दर्य सामाग्री बाडिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोरोना राहत र सीमानाको बिषयमा संसदमा राजनीति दलको एकमत बाहेक जताततै भ्रष्ट्राचार, अनियमितता र बेथिति मात्र हावी हुनु दुःखद भएकाे बताएका छन् । नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता घिमिरेले हरिप्रिया फाउन्डेसनको गतिविधि उदाहरणीय रहेको बताउँदै नेपालमा डलरको खेती मात्र गर्नेहरुका फाउण्डेशनको कदमले दह्रो झापड दिएको बताएका छन् । सो कार्यक्रममा नेता घिमिरेले डाबर नेपालको जुस, हिमालयको फेसवास, रिचार्ज कार्ड र हुलासको खाद्यान्न फेस नेपालका अध्यक्ष देवराज टमटालाई हस्तान्तरण गरेका थिए।
सोही कार्यक्रममा राहत अनुगमनका संयोजक एवं गोरखापत्रका कार्यकारी सम्पादक शिव भट्टराईले फाउण्डेशनले सामाजिक सेवाभावले नेपालका पत्रकारसहित १० हजार नागरिकलाई लाखौंको राहत वितरणको निरन्तर अनुगमन गरिरहेको बताउदै अनाथ वालवालिकालाई मास्क, पन्जा र सेनेटाईजर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका सल्लाहकार एवं नेपालबहस डटकमका प्रधानसम्पादक ईन्द्र रिजालले फाउन्डेशनले स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा हरेक बर्ष कुनै पनि चन्दा संकलन नलिई उपत्यका र मोफसेलका पत्रकारहरुलाई स्वार्थरहित सहयोग गरिएकोमा फ्रन्टलाईनका पत्रकार उत्साहित भएको बताए ।
सामाजिक अभिन्ता युवानेता भण्डारीका अनुसार सौन्दर्य सामाग्री वितरणको कार्यक्रममा हिमालयको फेसवास, सैम्फु साबुन, फेस टिस्यु, डाबरको जुस, तेल, बजाजको तेल, मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज र पन्जा बाडिएको थियो ।नागरिकमा कोरोनाको मनोवैज्ञानिक त्रास हटाउन मन र शरीरको सुन्दरतालाई निरोगी हुँदै मन्जनदेखि नुहाउने साबुन, सैम्पु, फेसवाससँगै तेल, क्रीम र ब्लेड(रेजर आदि सौर्न्दर्य सामग्री नै चाहिने हुनाले आत्मबिश्वास बढाउदै लकडाउन र आर्थिक बिपत्तिमा १० हजार नागरिकलाई यी सामाग्री वितरण गरिएको सामाजिक अभियन्ता भण्डारीले जनाएका छन् ।
स्वर्गीय भण्डारीको इतिहास केलाउँदा डोटीको जैनोलीमा धर्मराज पन्तको कोखबाट जन्मिएर बीएसम्म अध्ययन गरेर साहित्यकार एवं लेखिकाको रुपमा कलम चलाउथिन्। उनी लामो समय नेपाल महिला संघको केन्द्रीय नेतृत्व गर्दै कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत रहेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार