नक्सा सम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रियसभामा पुग्यो
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २३:३६:५०
३२ जेठ, काठमाडौं । नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रियसभामा पुगेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयकको प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यसमाथि छलफल गर्दै राष्ट्रिष्यसभा बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्ताव स्वीकृत भएसँगै संशोधन प्रस्ताव दर्ता गराउन सांसदलाई ७२ घण्टाको समय दिइएको छ । तर, प्रतिनिधिसभामा सर्वसम्मतले स्वीकृत भइसकेका कारण राष्ट्रियसभामा संशोधन प्रस्ताव पर्ने सम्भावना न्युन छ ।
राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पास भएपछि सन्देशसहित पुनः प्रतिनिधिसभामा पठाइनेछ । दुबै सभाबाट पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउनेछन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राखिनेछ र प्रयोगमा आउनेछ । राष्ट्रिय सभाको अर्को बैठक आगामी असार ११ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार
देश शान्त भयो, हामी अझै अशान्त छौँः द्वन्द्वपीडित
मंसिर ५, २०८१ बुधबार
शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार