असार ७ गते वलय सूर्यग्रहण लाग्दै, नेपालबाट भने खण्डग्रास मात्र देखिने
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ आइतबार २३:४५:५६
३२ जेठ, काठमाडौं । असार ७ गते आइतबार वलय सुर्यग्रहण लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सुर्यग्रहण वलय भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।
सो दिन काठमाडौंमा सूर्यग्रहण १० बजेर ५३ मिनेटमा सुरू हुनेछ भने दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ। काठमाडौंबाट देखिने सुर्यग्रहणमा चन्द्रमाले ८५ प्रतिशतले ढाक्ने सोसाइटीले जनाएको छ। त्यस्तै सबैभन्दा बढी चन्द्रमाले सूर्यलाई ढाकेको देखिने धनगढीबाट हो। त्यहाँ देखिने चन्द्रमाले ९१ प्रतिशतले सूर्यलाई ढाक्नेछ।
नेपालमा पूर्ण रूपमा वलय देखिन सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने हुन्छ। जुन प्रदेश-१को दक्षिणपूर्वी भागबाट देखिन्छ । सोसाइटीका अनुसार यसअघि नेपालमा सन् १९६५को नोभेम्बर २३ तारिख बिहान देखिएको थियो। पूर्ण वलय सुर्यग्रहणलाई रिङ अफ फायरु भन्ने गरिएको छ। जसलाई निकै दुर्लभ मानिन्छ। यो ग्रहणलाई नाङ्गो आँखाले हेर्न हुँदैन । यो हेर्दा
विषेश खालको चस्मा वा टेलिस्कोप, बाइनाकुलरबाट पनि फिल्टर राखेर हेर्नुपर्छ। तेसो टेलिस्कोप तथा बाइनाकुलरबाट हेर्दा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । टेलिस्कोपबाट हेर्दा पनि फिल्टरलाई ध्यानपूर्वक मिलाएर राख्नु पर्ने हुन्छ। नजानेर फिल्टर आँखापट्टि राखियो भने आँखामा असर पर्छ ।
सोसाइटीले आइतबार देखिने सूर्यग्रहण हेर्न देशका विभिन्न स्थानमा रहेका कार्यालयमा व्यवस्था मिलाइसकेको थियो। तर कोरोना भाइरसको महामारीका कारण त्यसलाई रोकिएको सोसाइटीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार