आज थप ४२५ जनामा कोरोना सङ्क्रमण, ६१ जना डिस्चार्ज
नेपालबहस संवाददाता
जेठ ३२, २०७७ सोमबार १:१६:३१
३२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा काेराेना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । यीमध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् । आज सङ्क्रमित भेटिएको जिल्लामा रुकुम पूर्व थप भई ७३ जिल्ला पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आज मात्रै ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना कोभिडका सङ्क्रमित डिस्चार्ज भएका छन् । तीमध्ये छ महिला र ५५ पुरुष छन् । हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । त्यसमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।
थप एकको मुत्यु
कोभिड–१९ सङ्क्रमणले थप एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्यान्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६८९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख ३३ हजार ३७७ पुगेको छ । आरडिटी परीक्षणको सङ्ख्या दुई लाख १० हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १३९ जनाको आरडिटी परीक्षण गरिएको छ ।
त्यसैगरी आजसम्म मुलुकभर एक लाख ४३ हजार ६४१ छ । आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या चार हजार ७६७ रहेको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९८ पुगेको छ ।
मन्त्रालयको अपिल
अहिले बन्दाबन्दी खुल्ला भएसँगै मानिसको आवतजावत बढिरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोभिडको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा सङ्क्रमण जोखिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न÷नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ’’, मन्त्रालयका प्रवक्ता डा गौतमले भने ।
मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परीक्षण गर्ने सरकारको मापदण्ड छ’ जसलाई जहिले पनि परीक्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ । जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफैँ होम क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पीसीआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाएको छ । यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । विदेश जानुपर्ने प्रवेषाज्ञा वा निरोगिताका लागि सङ्कलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार